क्षारसूत्रविधिमा मनोमानी, विज्ञको प्रश्न – उपचार कि च्यांग्रा व्यापार ?

हेल्थपोस्ट नेपाल

पाइल्स, फिस्टुला, फिसरजस्ता रोगको उपचारमा प्रभावकारी मानिएको क्षारसूत्र विधिको लोकप्रियतासँगै यसमा मापदण्डविपरीत र गैरइथिकल अभ्यास बढ्दै गएको छ । क्षारसूत्र धागोको प्रयोग गरी गरिने आयुर्वेदिक शल्यचिकित्सा पद्धति हो । आयुर्वेदिक उपचारमा यस विधिलाई निकै महत्वपूर्ण मानिन्छ ।

क्षारसूत्र विधिको लोकप्रियतासँगै यसमा अनेक चुनौती थपिएका हुन् । जनस्वास्थ्यविद् नारायण आचार्य पछिल्लो समय यसमा भित्रिएको विकृतिलाई ‘च्यांग्रा व्यापार’को संज्ञा दिन्छन् । ‘क्षारसूत्र विधि नाम भजाएर कमाइ खाने साधन बनेको छ ।

क्षारसूत्र उपचार विधिमा कुनै साइडइफेक्ट नहुने तथा एलोपोथिकजस्तो औषधिको असर नहुने कारणले यो सबैको ध्यानाकर्षण गर्न सफल भएको हो ।
क्षारसूत्र विधिको लोकप्रियतासँगै यसमा अनेक चुनौती थपिएका हुन् ।  आचार्य पछिल्लो समय यसमा भित्रिएको विकृतिलाई ‘च्यांग्रा व्यापार’को संज्ञा दिन्छन् । ‘क्षारसूत्र विधि नाम भजाएर कमाइ खाने साधन बनेको छ,’ उनी भन्छन् । क्षारसूत्रका लागि निश्चित उपचार केन्द्र नखोलीकन च्याङ्ग्रा व्यापारीजस्तो घुमीघुमी व्यापार चलाइरहेको आचार्यको आरोप छ ।
‘उपचारका नाममा हल्ला बढी गर्ने र घर–घरमै पुगेर पैसा उठाउने काम मात्र भएको छ,’ आचार्यले भने, ‘डाक्टर तथा औषधि विक्रताको आपसी समझदारीमा बिरामीलाई कति शुल्क लिने भने निर्णय हुन्छ र बिरामीको उपचार सुरु हुन्छ ।’ उनका अनुसार यस विधिमा औषधिले साइड इफेक्ट गर्ने भएकाले नाफका लागि बिरामीलाई आवश्यकभन्दा बढी औषधिको भारी बोकाउने गरेको पाइएको छ ।

हाम्रा पूर्खाको अथक अनुसन्धानबाट सिद्ध क्षारसूत्र उपचार विधि अत्यन्त प्रभावकारी हुँदाहुँदै पनि पछिल्लो समय भित्रिएका विकृतिहरूका कारण यसले परम्परागत स्वरूप र मौलिकता गुमाउने खतरा बढिरहेको छ ।

यस्तो अव्यवस्था सिर्जना हुनुमा सरकारी अनुगमन र नियमनको अभाव प्रमुख कारण भएको विज्ञहरु बताउँछन् । यससम्बन्धी ठोस नीति–नियमको अभावका कारण उपचारमा मनपरी चलेको छ । डाक्टर तथा औषधि विक्रेताको मिलेमतोमा आफूखुसी औषधिको मात्रा र मूल्य लगाउने गरिएको छ । डाक्टरले मनपरी शुल्क लिनाले बिरामी मारमा पर्ने गरेका छन् । अझ चुनौतीपूर्ण त के छ भने भर्खरै इन्टर्न गरिरहेका चिकित्सक तथा चिकित्सकबाहेकका अन्य जनशक्तिले समेत क्षारसूत्र गर्नाले उपचारको गुणस्तर र प्रभावकारिता खस्कँदै गएको छ ।

पछिल्लो समय बिरामीको आकर्षण बन्न सफल यो मौलिक उपचार पद्धतिको प्राकृतिक स्वरूप, गुणस्तर र प्रभावकारिता कायम राख्न सरकारले छुट्टै नीति–नियम बनाई कडाइका साथ कार्यान्वयनमा ल्याउनुपर्ने आचार्यको तर्क छ ।

हाम्रा पूर्खाको अथक अनुसन्धानबाट सिद्ध क्षारसूत्र उपचार विधि अत्यन्त प्रभावकारी हुँदाहुँदै पनि पछिल्लो समय भित्रिएका विकृतिहरूका कारण यसले परम्परागत स्वरूप र मौलिकता गुमाउने खतरा बढिरहेको छ ।
पछिल्लो समय बिरामीको आकर्षण बन्न सफल यो मौलिक उपचार पद्धतिको प्राकृतिक स्वरूप, गुणस्तर र प्रभावकारिता कायम राख्न सरकारले छुट्टै नीति–नियम बनाई कडाइका साथ कार्यान्वयनमा ल्याउनुपर्ने आचार्यको तर्क छ । यसमा प्रयोग हुने धुलो औषधि कम मिसावटयुक्त हुनुका साथै यसबाट बिरामी बढी ठगिइरहेकाले विकल्पमा ट्याबलेट वा सिरपको प्रयोगलाई बढावा दिनुपर्ने उनी बताउँछन् । क्षारसूत्रजस्ता मौलिक चिकित्सा पद्धतिको विकासमा सरकारले वेलैमा ध्यान पुर्याउनुपर्ने उनको सुझाब छ ।



Leave a Reply

Your email address will not be published.