डब्लुएचओमा जागिर लगाइदिन्छु भन्दै ५ लाखभन्दा बढी ठगी गर्ने पक्राउ

हेल्थपोस्ट नेपाल

असार २४-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)मा आकर्षक जागिर लगाइदिने भन्दै ठगि गरेको आरोपमा प्रहरीले बिजय पाण्डेलाई पक्राउ गरेको छ ।पक्राउ परेका पाण्डेले चितवन जिल्ला भरतपुर महानगरपालिका बस्ने अस्मिता अधिकारीलाई जागिर लगाइदिन्छु भन्दै ठगी गरेका थिए ।

पाण्डेले अधिकारीको उजुरीका आधारमा पक्राउगरी छानविन गर्दा उनले चितवनकै निशानबाबु घिमिरेलार्ई समेत डब्लुएचओमा जागि लगाइदिने विश्वास दिलाई ३ लाख ५० हजार ठगेको पाइएको प्रहरीले जनाएको छ ।उनले दुई व्यक्तिबाट ५ लाख ३० हजार ठगेको प्रहरीसँग स्वीकारेका छन् ।

अधिकारीलाई एक वर्षअघि भेटेका पाण्डेले आफू डब्लूएचओमा जागिरे लगाइदिने बचन दिएका थिए । उनले सुरुमा फोन नम्बर लिएर पछि डब्लुएचओ अफिसमा जागिर खुलेको छ भन्दै अफर लेटर र रिलाईबल नेपाल लाइफ ईन्सुरेन्स कम्पनीको कागजातसमेत दिई विश्वासमा लिएका थिए ।

उनले गत वैशाख २९ गतेदेखि असार ७ सम्ममा पटकपटक गरी १ लाख ८२ हजार रकमसमेत ग्लोबल आइएममीमार्फत पठाउँन लगाएर पछि सम्पर्कविहीन बनेका थिए । अधिकारीको जाहेरीका

आधारमा प्रहरीले पाण्डेलाई २३ गते काठमाडौं वानेश्वरबाट पक्राउ गरेको र ठगीसम्बन्धी कसूरमा अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसरमा पठाएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले पाण्डे पटकपटक ठगी गरेको तथ्य फेला पारेको छ ।

उनले शंखमुलको फर्निचर पसलबाट १ लाख ८० हजारको फर्निचर लिन्छु भनेर ५० हजार ठगेको र अछाम तुर्माखाँद घर भएकी रन्जु बुढालाई १ वर्षसम्म नक्कली कार्यालयमा समेत काम लगाई तलब नदिई ठगी गरेको प्रहरीले जनाएको छ ।



Leave a Reply

Your email address will not be published.