डा. थपलिया स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा डा. राधिका थपलिया नियुक्त भएकी छिन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णय गरी डा. थपलियालाई नियुक्ती दिएको सह–सचिव रधुराम विष्टले जानकारी दिए।
बोर्डका को पद खाली भएको कारणले मन्त्रालयले उहाँलाई केहि समयको लागि नियुक्त गरेका हो विष्टले भने,‘ अर्को व्यवस्था नहुेन्जेलसम्म कामकाजका लागि राखेका हौँ।’
गत शुक्रबार बोर्डका निर्देशक रमेशकुमार पोखरेलले मन्त्रालय र विमा बोर्डका सदस्यले साथ नदिएको भन्दै राजिनामा दिएका थिए।
डा. थपलिया यसअघि राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको स्वास्थ्य शिक्षा प्रशासकको कार्यरत रहेकी थिइन।