अनसनरत युवालाई भेटेर प्रधामन्त्रीले भने- म छु माग पूरा हुन्छ
सरकारविरुद्ध अनशनरत अस्पताल भर्ना भएका दुई युवालाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन्।
सरकारविरुद्ध अनसन बसेका इसान अधिकारी र पुकार बमको स्वास्थ्यमा समस्या आएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए। उनीहरूको स्वास्थ्यवस्था बुझ्न प्रधानमन्त्री ओली बिहीबार साँझ अस्पताल पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।
पिसिआर परीक्षण बढाउनु पर्ने, आरटिडी परीक्षण बन्द गर्नुपर्ने, क्वारेन्टाइनको राम्रो व्यवस्थापन गरिनुपर्ने लगायतका माग राखेर उनीहरू अनसन बसेका थिए। उनीहरूको मागप्रति सरकारको ध्यानकषर्ण भएको बताउँदै प्रधानमन्त्री ओलीले अधिकारी र बमलाई अनसन तोड्न आग्रह गरेको थापाले जानकारी दिए।
जवाफमा अनशनरत युवाले आफूहरूका मागका विषयमा छलफल गर्न चाहेको बताउँदै छलफलका लागि कुनै माध्यम बनाइदिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए।