त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित शिशुको मृत्यु

हेल्थपोस्ट नेपाल

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कोरोना संक्रमित शिशुको मृत्यु भएको छ ।

उपचारत ४६ दिनका शिशुको मृत्यु भएको अस्पतालका कोरोना व्यवस्थापनका समितिका संयोजक डा. सन्तकुमार दासले बताए।
अस्पतालमा घाँटीको समस्या लिएर उपचारका लागि ३ साता अघि भर्ना भएका थिए ।

म्याग्दी घर भएका ती शिशुमा श्वासप्रश्वासमा समस्या देखिएपछि घाँटीको शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गरिएको हो।

उक्त मृतक बालकमा मगंलबार कोरोना पुष्टि भएको थियो। उपचारको क्रममा उनको हिजो (बुधबार) साँझ मृत्यु भएको डा दासले जानकारी दिए ।

मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा नै राखिएको थियो । शिशुको हिजो बेलुका मृत्यु भएपछि शव व्यवस्थापन समेत गरिसकेको डा.दासले बताए।

यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या ३१ पुगेको छ। जसमध्ये ३ जना बालबालिकाको मृत्यु भएको छ।



Leave a Reply

Your email address will not be published.