गर्भवतीमा उच्च रक्तचाप

हेल्थपोस्ट नेपाल

गर्भवती महिलामा विभिन्न प्रकारको उच्च रक्तचाप हुने गर्छ । जसमा महिलाको एउटा समूह गर्भवती नहुँदै उच्च रक्तचाप भएर आउने छ भने अर्काे समूहमा गर्भवती भएपछि मात्र उच्च रक्तचापको समस्या देखापर्ने गर्छ ।

पाठेघरको साल टाँसिने प्रक्रियामा खराबी आएमा उच्च रक्तचापको समस्या देखापर्ने गर्छ । तर, उच्च रक्तचाप यसरी नै हुन्छ भन्ने सर्वमान्य तथ्य भने पाइएको छैन । गर्भवती अवस्थामा उच्च रक्तचाप भएका कतिपय महिलालाई बच्चा जन्मेपश्चात् समस्या स्वतः हराएर जाने गर्छ ।

गर्भावस्थाका कुनै पनि महिलामा गर्भवती भएको ३० हप्तापछि १४० बाई ९० भन्दा बढी रक्तचाप भएमा त्यसलाई गर्भावास्थामा हुने उच्च रक्तचाप भन्ने गरिन्छ । घरका अग्रज सदस्यहरूमा उच्च रक्तचापको समस्या भएका महिलामा गर्भवती हुँदा उच्च रक्तचाप हुने समस्या बढी रहने गर्छ । त्यसैगरी पहिलोपटक गर्भवती हुने महिलामा यस्तो समस्या बढी मात्रामा देखापर्ने गर्छ । गर्भावस्थामा हुने उच्च रक्तचापको समस्या ५–१५ प्रतिशत महिलामा हुने गर्छ ।
पाठेघरको साल टाँसिने प्रक्रियामा खराबी आएमा उच्च रक्तचापको समस्या देखापर्ने गर्छ । तर, उच्च रक्तचाप यसरी नै हुन्छ भन्ने सर्वमान्य तथ्य भने पाइएको छैन । गर्भवती अवस्थामा उच्च रक्तचाप भएका कतिपय महिलालाई बच्चा जन्मेपश्चात् समस्या स्वतः हराएर जाने गर्छ । गर्भावस्थामा रक्तचाप बढेमा चिकित्सकको सल्लाहमा उच्च रक्तचापको औषधि सेवन गर्नुपर्ने हुन्छ । औषधि नखाएमा वा बेवास्ता गरेमा त्यसले आमा र बच्चा दुवैमा दीर्घकालीन रूपमै असर गर्छ । सामान्यतया त्यस्ता महिलामा डेलिभरीपश्चात् उच्च रक्तचापको समस्या हराएर जाने भए पनि भविष्यमा उनीहरूमा उच्च रक्तचापको समस्या आउने सम्भावना बढी हुने गर्छ ।
अहिलेको पुस्तामा बढी तनावपूर्ण जीवनशैलीका कारण महिलामा यस्तो समस्या बढी मात्रामा पाइएको छ । मानिसमा स्वास्थ्यसम्बन्धी चेतनामा वृद्धि भएसँगै यो समस्या बढेको पाइएको छ । जीवनशैलीका कारण पनि यो समस्या वर्तमान समयमा बढेको देखिन्छ । गर्भावस्थामा उच्च रक्तचाप भएका महिलाले शारीरिक अभ्यास र खानपिनमा समेत ध्यान दिनुपर्ने हुन्छ ।

पेटभित्रै बच्चाका लागि उपयुक्त वातावरण निर्माण हुन नसकेपश्चात् समयभन्दा अगावै बच्चा निकाल्नुपर्ने अवस्थासमेत आउन सक्छ । उचित समयमा बच्चा निकाल्न सकेमा बच्चाको विकास राम्रोसँग हुन सक्छ भने आमामा रहेको उच्च रक्तचापको समस्या पनि सन्तुलनमा आउन सक्छ । एकदमै सानो अवस्थामा निकाल्नुपर्ने भएमा बच्चा सामान्य नहुन पनि सक्छ ।

गर्भावस्थामा हुने उच्च रक्तचापको असर आमा तथा बच्चा दुवैमा पर्ने गर्छ । यस अवस्थामा हुने उच्च रक्तचापको समस्याका कारण बच्चाले राम्रोसँग सर्कुलेसन पाउन सक्दैन । यसले प्रत्यक्ष रूपमा रक्तनलीमा असर गर्ने भएकाले बच्चाले आमाको पेटभित्र आवश्यक मात्रामा पोषकतत्वहरू पाउन सक्दैन । रक्तचापको मात्रा अति नै उच्च भएको अवस्थामा बच्चा खेर जानसमेत सक्छ । साथै, बच्चाको वृद्धि तथा विकास आवश्यक मात्रामा हुन सक्दैन ।
पेटभित्रै बच्चाका लागि उपयुक्त वातावरण निर्माण हुन नसकेपश्चात् समयभन्दा अगावै बच्चा निकाल्नुपर्ने अवस्थासमेत आउन सक्छ । उचित समयमा बच्चा निकाल्न सकेमा बच्चाको विकास राम्रोसँग हुन सक्छ भने आमामा रहेको उच्च रक्तचापको समस्या पनि सन्तुलनमा आउन सक्छ । एकदमै सानो अवस्थामा निकाल्नुपर्ने भएमा बच्चा सामान्य नहुन पनि सक्छ ।
कतिपय महिलामा गर्भावस्थामा भएको उच्च रक्तचापको समस्याका कारण गर्भवती अवस्थामा अस्पताल नै भर्ना भएर बस्नुपर्ने अवस्था पनि आउन सक्छ भने कतिपयमा अन्य विभिन्न कारणले गर्भावस्थामा अस्पताल भर्ना भएर बस्नुपर्ने हुन्छ । तर, अस्पतालमा जबर्जस्ती भर्ना गराएर राख्ने भने गरिएको छैन ।
चिकित्सकको सल्लाहअनुसार केयर गर्न सकेमा भने अस्पतालमै बस्नुपर्ने हुँदैन । कतिपय केसमा भने अस्पताल केयरकै आवश्यकता पर्न सक्छ । मुटु, कलेजो तथा अन्य विभिन्न महत्वपूर्ण अंगमा त्यसका कारण असर पर्न जाने अवस्था भएमा भने अस्पताल केयरको आवश्यकता पर्छ ।

(डा. गुरुङ त्रिवि शिक्षण अस्पताल महाराजगन्जकी स्त्रीरोग विशेषज्ञ हुन्)



Leave a Reply

Your email address will not be published.