दिव्या सिंहलाई डिन नियुक्त गरेको विरोधमा आइओएममा तालाबन्दी

हेल्थपोस्ट नेपाल

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा डा. दिव्या सिंह शाहलाई नियुक्त गरेकोभन्दै नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ। अनेरास्ववियुले आइओएममा तालाबन्दी गरेको छ।

डा. शाहलाई डिन बनाउने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल सच्याउनुपर्ने माग गर्दै अनेरास्ववियुको महाराजगञ्ज चिकित्सा क्याम्पस कमिटीले बुधबार आइओएममा तालाबन्दी गरेको हो।

वरिष्ठता र कार्यकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा डा. सिंहलाई नियुक्ति गरिएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको क्याम्पस इकाइ अध्यक्ष विनय पंगेनीले बताएका छन्। आफूहरूको यो कदमप्रति प्राध्यापक तथा कर्मचारीका संगठनहरुको समर्थन रहेको समेत उनले दावी गरेका छन्।

प्राध्यापक डा. प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटिले नाम सिफारिस गरे लगत्तै बुधबार त्रिवि कार्यकारी परिषदले डा. शाहलाई आइओएमको डिनम नियुक्ति गरेको थियो। शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत हुन्।

प्रधानमन्त्री आडमा वरिष्ठताको क्रम मिचेर डिन नियुक्त गरिएको भन्दै विद्यार्थीहरू आत्रोसित बनेका छन्।

विद्यार्थी नेता पंगेनीले डा. गोविन्द केसीको लगातारको अनशनपछि आइओएममा बरिष्ठताको आधारमा डिन छान्ने पद्धति बसेको भन्दै अहिले उक्त पद्धति मिचेर गरिएको निर्णय फिर्ता नहुँदासम्म तालाबन्दी जारी रहने बताए।



One thought on “दिव्या सिंहलाई डिन नियुक्त गरेको विरोधमा आइओएममा तालाबन्दी

  1. अरु त अरु, बिडम्बना र दुखित हुनुका साथै अचम्मित पनि भाका छौ ! केहि समय ताका येता मै हु भन्नेहरु, देशको एक नम्बर भनि स्वोघोषित पत्र पत्रिकाहरु, मिडियाहरु, संचारकर्मीहरु, नागरिक समाजका भनाउँदा अगुवाहरु,बिबेकशील भनाउँदा जन्तुहरु,मानव अधिकारबाद भनाउन्दा ब्वांसेहरु, ब्वांसे सांसदहरु,विद्यार्थी संगठनहरु कुनै बेला नौटंकी नाटकार श्री ३ अनसनकारी का साथ् भ्याकुता उफ्र्या झैँ उफ्री याहा बरिष्ठ चाहिन्छ,बरिष्ठता मिच्न पाइन्दैन,बाह्य प्राइभेट मेडिकल कलेजमा काम गर्ने संचालन गर्ने दलाल हरु कुनै हालत मा डिन हुन् पाइन्दैन, पद मिच्न पाइन्दैन भनि कथित सडक तथा अस्पताल तताई, भाँडभैलो गरि अस्पताल बन्द गरि सेवाग्राहिहरु लाई दुख दिई अस्पताललाइ घाटा योवों ध्वोस्त पारि रंगमंच मच्चाएको होइन र ?? काहा गए यी सब दुइ जिब्रेहरू !! काहा गए यी नौटंकी नाटकार श्री ३ अनसनकारी !!! ग्रान्डि अस्पतालका दलाल एवोम संचालक समितिका मान्छेले डिन नियुक्ति भै लिंदा समेत, तै चुप मै चुप भएको देख्दा याहा महान व्यक्ति शेक्सपियेर्को कथन सामरिक लाग्दछ :- सारा विश्व थियेटर हो, पुरुष र महिला केवल खेलाडीहरू हुन् [the whole world is a theatre, man and women are merely players] !!!

Leave a Reply

Your email address will not be published.