बुटवल उपमहानगरमा अढाई करोडको राहत वितरण
बुटवल उपमहानगरकाले लकडाउनका समयमा करिब अढाई करोड बराबरको राहत वितरण गरेको जनाएको छ। लकडाउनको कारण दैनिक रुपमा जीवन निर्वाह गर्न समस्या रेका नागरिकका लागि रातह वितरण गरिएको उपमहानगरको भनाई छ।
कोरोना भाईरस संक्रमण रोक्न गरिएको लक डाउनको अवधिमा श्रमजिवी बेरोजगार नागरिकलाई लक्षित गरि दुई चरणमा राहत बाडेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए। उनका अनुसार प्रदेश सरकार र स्थानिय समाजसेवी मार्फत संकलन सहयोगबाट उपमहानगरले १९ वटै वडाका २२ हजार ७ सय २ परिवारका ८५ हजार ७ सय ५४ जनालाई राहत वितरण गरिएको हो।
‘हामीले कोरोना भाईरसको संक्रमण रोक्न गरिएको लकडाउन अवधिमा २ करोड ४४ लाख २२ हजार १ सय १ रुपैयाको राहत वितरण गरेका छौ,’ उनले भने। बुटवल उपमहानगरपालिकालाई जनस्तरबाट नगद ७४ लाख ७२ हजार ६ सय ४२ रुपैयाँ तथा ५२ हजार ७ सय ६९ किलो चामल, ३ हजार ६ सय ९ किलो दाल, २ हजार ६ सय २० लिटर तेल, २ हजार ७ सय ३७ किलो नुन लगायत जिन्सी सामग्री सहयोग प्राप्त भएको उनले बताए।
राहत वितरणमा चामल, दाल, तेल, नून, सावुन, आलु, चिउरा, सोयावीन लगायतका सामग्री दिइएको प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले बताए। उनले नगरको तालिम गोष्ठितर्फको १ करोड बढी रकम कोरोना नियन्त्रणमा खर्च गरिएको समेत जानकारी दिए।
बुटवल उपमहानगरपालिकाले नगरका तीन वटा विद्यालयमा क्वारेन्टाइन बनाउने तयारी गरेको छ। क्वारेन्टाइनमा बस्नेको चाप बढेपछि क्वारेन्टाइनको क्षमता बढाउन लागिएकाके उपमहानगरपालिकाले जनाएको छ । त्यसरी क्वारेन्टाइन थपिने विद्यालयमा नहरपुर मावि, कालिका मानवज्ञान मावि र नयाँगाउँ मावि रहेका छन्।
नहरपुर माविमा सोमबारदेखि नै क्वारेन्टाइन निर्माणको काम शुरु भएको उपमहानगरपालिकाले जनाएको छ। तीन विद्यालयमा गरी करिब ३०० बेड थप गर्ने तयारी गरिएको बुटवल उपमहानगरपालिकाका कोरोना फोकल पर्सन तथा जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिंहले जानकारी दिए।
स्वास्थ्य संक्रमणकाल घोषणा नहुँदासम्म सामुदायिक विद्यालयलाई क्वारेन्टाइनको रुपमा विस्तार गर्ने र घोषणा भएपछि नीजि विद्यालयमा पनि क्वारेन्टाइन बनाउने तयारी उपमहानगरपालिको रहेको छ।
अहिले तामनगर केएनआईटी, कान्ति मावि, नवरत्न मावि, मोतिपुर मावि गरी चार ठाउँमा क्वारेन्टाइन संचालनमा छन्। ति चार वटा क्वारेन्टाइनमा २७० बेड क्षमता रहेको छ। केही जना डिस्चार्ज भएपछि सोमबार साँझसम्म क्वारेन्टाइनमा १२६ जना बसिरहेका छन्। ति क्वारेटाइनबाट ६ सय ७० जनालाई बिदाई गरिएको संयोजक सिंहले बताए।
बुटवल उपमहानगरपालिकाले कोरोना संक्रमण रोक्न बुटवलको देबिनगर एन्फा एकेडेमीमा आईसोलेसन सेन्टर स्थापना गरि सेवा दिइरहेको छ। आइसोलेसन बेड अभाव हुने देखिएपछि उपमहानगरले तामनगरको केएनआएटि क्वारेन्टाइनलाई कोरोना पोजेटिभ देखिएकाहरुलाई राख्नेगरी व्यवस्थापन गर्ने तयारी गरेको छ। उक्त क्वारेन्टाइनको वेड क्षमता १३८ रहेको छ।