२४ घन्टामा सुदूरपश्चिममा कोरोनाका शून्य बिरामी
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रतिमको संख्या शुन्य रहेका छ।
सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना परिक्षण प्रयोगशालामा एक सय ५० जनाको कोरोना परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले बताए।
सुदूरपशिचम प्रदेशमा आल सम्म जम्मा एक सय ९१ जना कोरोना संक्रमित रहेका छन्। जसमध्य १६ जना डिस्चार्ज भएका छन्। प्रदेशभर हाल सम्म जम्मा ६ हजार ३६ जनाको कोरोना परिक्षण गरिएकोमा ५ हजार ८ सय ५८ जनाको रिपोट नेगेटिभ आएको छ।