उपचार नपाएकी नर्ससँग थापाथलीले माग्यो माफी

राजधानीको मुटु नै मानिने थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रसूति सेवाका लागि देशकै सुविधासम्पन्न अस्पताल मानिन्छ। त्यसैले यो अस्पताल महिलाको पहिलो रोजाइ बन्ने गर्छ। स्वास्थ्यकर्मी नै किन नहुन गर्भावस्था र प्रसूतिसम्बन्धी सेवा लिन जानुपर्दा यही नै अस्पताललाई रोज्छन्।

त्यसैले त राम्रो सेवा पाउने आशाका साथ आइतबार एक नर्स सेवा लिन थापाथली पुगेकी थिइन्।  साढे दुई महिनाको गर्भमा रहेकी उनी अत्यधिक रक्तश्राव भएपछि अस्पताल पुगेकी थिइन् । तर उनले उपचार पाउन सकिनन्।

उनले उपचार नपाएको थाहा पाएसँगै हेल्थपोस्ट नेपालले उक्त प्रकरणलाई बाहिर ल्याएको थियो। उनले उपचार पाउन नसक्नुको विडम्बना थियो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएकी नर्स हुनु ।

तत्कालीन समय ड्युटीमा रहेका डाक्टरले उनी कोरोना अस्पतालकी नर्स भएको थाहा पाएपछि उपचार गर्न मानेका थिएनन्। उल्टै उनलाई हप्काएर पठाएका थिए।
यो प्रकरणबारे थाहा पाइसकेपछि अस्पताल प्रशासनले भने आज बिहीबार पीडित नर्सलाई फोन गरेर आफ्नो ध्याकर्षण भएको जनाएको छ।

‘पीडित नर्सले निकै रक्तश्राव भएकाले गर्भपतन गर्न खोज्नुभएको रहेछ। पहिला जाँच गरेपछि मात्र थप उपचार गर्ने चिकित्सकले मिल्छ भनेर सम्झाएको भन्ने छ,’ डा. मिश्राले हेल्थपोस्टसँगको कुराकानीमा भनिन्, ‘चिकित्सकले सेवा नदिई फर्काएकाले अस्पताल पीडितसँग क्षमायाचना गर्दछ।’

ती नससँग अस्पतालकी निर्देशक डा. संगीता मिश्राले फोन गर्दै सान्त्वना दिनुका साथै गल्ती भएको स्विकारेकी छन्। ‘मलाई सरकारले प्रसूति गृहको जिम्मेवारी दिएको भए पनि म त्यो समयमा कोसी अस्पतालमै थिएँ। यहाँ आउँदा त्यो विषयबारे जानकारी पाएँ। कोही पनि स्वास्थ्य सेवाबाट वन्चित हुने अवस्था हुनुहुँदैन। यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ निर्देशक मिश्राले भनिन्।

घटनाबारे विषयमा ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग सोधपुछ गरिसकेको मिश्राले बताइन्।  ‘विराटनगरबाट सरुवा भएपछि मगंलबार प्रसूतिमा हाजिर भएकी हुँ,’ डा. मिश्राले भनिन्, ‘यस्ता घटना नदोहो¥याउनका लागि कर्मचारीलाई सजग गराएकी छु।’

उनले आफू कोरोनाको हट स्पटको रूपमा रहेको विराटनगरस्थित कोशी कोरोना अस्पतालमा नेतृत्वदायी भूमिका खेलेर आएको हुनाले सबै कुरा बुझेको बताइन्। ‘तर, यहाँका चिकित्सक र कर्मचारीमा कोरोना संक्रमणबारे अन्योलता रहेको पाएँ। अब विस्तारै यो अवस्थाबारे सहज परिस्थिति बन्दै जानेछ,’ उनले भनिन्।

अर्काे पटकदेखि कुनै व्यक्तिसँग पनि यस्तो गल्ती नदोहोरिने भन्दै अस्पताल प्रशासनले आफूसँग माफी मागेको पीडित नर्सले पनि बताइन्। ‘थप कुराकानीका लागि केही दिनपछि अस्पताल बोलाएको उनले जानकारी दिइन्। आफूले उपचार नै नगर्ने भनेपछि अस्पतालबाट निस्किएको नर्सको दाबी छ।

‘पीडित नर्सले निकै रक्तश्राव भएकाले गर्भपतन गर्न खोज्नुभएको रहेछ। पहिला जाँच गरेपछि मात्र थप उपचार गर्ने चिकित्सकले मिल्छ भनेर सम्झाएको भन्ने छ,’ डा. मिश्राले हेल्थपोस्टसँगको कुराकानीमा भनिन्, ‘चिकित्सकले सेवा नदिई फर्काएकाले अस्पताल पीडितसँग क्षमायाचना गर्दछ।’

अर्काे पटकदेखि कुनै व्यक्तिसँग पनि यस्तो गल्ती नदोहोरिने भन्दै अस्पताल प्रशासनले आफूसँग माफी मागेको पीडित नर्सले पनि बताइन्। ‘थप कुराकानीका लागि केही दिनपछि अस्पताल बोलाएको उनले जानकारी दिइन्। आफूले उपचार नै नगर्ने भनेपछि अस्पतालबाट निस्किएको नर्सको दाबी छ।

हाल प्रसूतिमा कोभिड प्रोटेबल खालको पिसिआर मेसिनको आवश्यक रहेको रहेको डा. मिश्राले बताइन्। बिरामीले सहज रूपले उपचार पाउनका लागि छिट्टै मेसिनको व्यवस्थापनमा गर्न लागेको उनले जानकारी दिएकी छन्।

‘स्वाब लिएर रिपोर्टका लागि परीक्षण गर्न पठाउँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ८÷१० दिनमा मात्रै रिपोर्ट आउँदो रहेछ। अस्पताल आएका बिरामीलाई सहज रूपमा सुलभ सेवा पाउनुपर्छ,’ उनले भनिन्, ‘त्यसका लागि छिट्टै नै मेसिन व्यवस्थापनको तयारीमा लागेकी छु।’

उनले अस्पतालले कोरोना संक्रमित बिरामीका लागि छुट्टै १५ शैय्याको वार्ड तयार गर्न लागेको जानकारी पनि गराइन्। प्रसूति गृहबाट सेवा नपाएकी ती नर्सले ओम अस्पतालबाट सेवा लिएकी थिइन्।

राजधानीमै उपचार नपाएर नर्स नै रुँदै अस्पतालबाट निस्किनुपर्‍यो…



Leave a Reply

Your email address will not be published.