कागतीबाट उपचार
केही फलफूल तथा तरकारीबाट हुने घरेलु उपचार
कागतीबाट हुने उपचार
– ५–६ थोपा सुन कागतीको रसलाई मनतातो पानीमा मिलाएर १–१ घण्टाको अन्तरमा पिउनाले रुघाखोकी ठिक हुन्छ ।
– मनतातो पानीमा आधा दाना कागतीको रस हालेर एक–डेढ चम्चा मह मिलाई पिउनाले औल ज्वरोलाई फाइदा गर्छ ।
– सिंगो कागतीलाई दुई फ्याक पारी दाना हटाई त्यसमा कलमी सोरा हालेर अर्काे फ्याकले बन्द गरी कोइला आगोको रापमा रनक्क तताएर नाइटोवरिपरि मालिस गर्नाले रोकिएको पिसाब खुल्दछ ।