काठमाडौं महानगरले रेडियोबाट कक्षा सञ्चालन गर्दै
काठमाडौं महानगरपालिकाले बुधबारबाट रेडियोमार्फत कक्षा सञ्चालन गर्ने भएको छ।
कोरोना भाइरसको महामारीले विद्यालय खुल्न नसकेको र विद्यार्थीको पठनपाठनमा असर परेकोभन्दै बुधबार बिहान ९ बजेबाट मेट्रो एफएम ९४.६ मेगाहर्जबाट कक्षा १ देखि १० सम्मका कक्षाहरू सञ्चालन गर्ने भएको हो।
महानगरपालिकाले मंगलबार सुचना जारी गर्दै सबै विद्यार्थीलाई रेडियोबाट प्रसारित हुने पठनपाठनलाई सुन्न आग्रह गर्नुका साथै अभिभावकलाई समेत विद्यार्थीलाई सघाउन भनेको छ।
आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन छुट्टाछुट्टै विषयमा पढाई हुने महानगरको शिक्षा विभागले जानकारी दिएको छ।
कक्षा १ को ९ बजेदेखि ९:२५, कक्षा २ को ९:३० देखि ९:५५, कक्षा ३ को ११ देखि ११:२५, कक्षा ४ को ११:३० देखि ११:५५,कक्षा ५ को १२ देखि १२:३० सम्म, कक्षा ६ को २ बजेदेखि २:३० सम्म, कक्षा ७ को २:३० देखि ३ बजेसम्म, कक्षा ८ को दिउँसो ३ बजेदेखि ३:३० सम्म, कक्षा ९ को ४ बजेदेखि ४:३० सम्म र कक्षा १० को दिउँसो ५ बजेदेखि ५:३० बजेसम्म पठनपाठन हुने महानगरको शिक्षा विभागले बताएको छ।