आचरण सुधारे ९० % लाई लाग्ने टाइप २ मधुमेहबाट बच्न सकिन्छ

हेल्थपोस्ट नेपाल


परिचय
रगतमा चिनीको मात्रा सामान्यभन्दा बढ्नुलाई मधुमेह अथवा चिनीरोग भन्ने गरिन्छ । रगतमा चिनीको मात्रा बढ्ने भएकाले यसलाई चिनीरोग भनिएको हो ।
मधुमेह सामान्य रूपमा ३ प्रकारका हुने भए पनि यसलाई ४ प्रकारमा विभाजन गर्ने गरिन्छ । तर, सामान्य रूपमा हामी यसलाई टाइप १ र टाइप २ भन्ने गर्छाैं ।

टाइप २ मधुमेह भने प्रायः उमेर ढल्केका मानिसलाई हुने गर्छ । विदेशमा उमेर ढल्केको भन्नाले ४०–४५ वर्ष कटेका मानिसलाई बुझिन्छ भने नेपालमा भने ३५ वर्ष उमेर पुगेकालाई नै टाइप २ मधुमेह लाग्ने गरेको पाइएको छ । तर, टाइप २ मा भने इन्सुलिन बने पनि दुईवटा अवस्था आउने गर्छन्– कि इन्सुलिन पर्याप्त मात्रामा बन्दैन, कि त भएको इन्सुलिनलाई प्रयोगमा ल्याउन सकिँदैन । उदाहरणका लागि साँचो त छ, तर ढोकामा लाग्दैन अथवा ताला खोल्न सक्दैन ।

टाइप १ मधुमेह सामान्यतया ४–५ वर्षको उमेरदेखि नै सुरु हुने गर्छ । रगतमा चिनीको मात्रा निर्माण गर्नका लागि प्याङक्रियाज ग्रन्थिले इन्सुलिन नामक एक प्रकारको हर्माेन उत्पादन गर्छ । इन्सुलिन एकप्रकारको साँचोजस्तो हो । मानिसले खाएको खानेकुराको मात्रालाई यसले साँचोजसरी नै ढोका खोलिदिने काम गर्छ । यसले चिनीको मात्रा शरीरका कोषभित्र जानका लागि सहयोग गर्छ । टाइप १ मा इन्सुलिन बन्ने प्रक्रिया नै बिग्रन्छ । मानिसको शरीरले आफैँ त्यो बिगार्ने गर्छ । टाइप १ बच्चालाई हुने मधुमेहको प्रकार हो ।

त्यसैगरी, टाइप २ मधुमेह भने प्रायः उमेर ढल्केका मानिसलाई हुने गर्छ । विदेशमा उमेर ढल्केको भन्नाले ४०–४५ वर्ष कटेका मानिसलाई बुझिन्छ भने नेपालमा भने ३५ वर्ष उमेर पुगेकालाई नै टाइप २ मधुमेह लाग्ने गरेको पाइएको छ ।
टाइप १ मधुमेहमा शरीरमा इन्सुलिन निर्माण प्रक्रिया नै रोकिने भएकाले इन्सुलिन निर्माण नै हुँदैन । तर, टाइप २ मा भने इन्सुलिन बने पनि दुईवटा अवस्था आउने गर्छन्– कि इन्सुलिन पर्याप्त मात्रामा बन्दैन, कि त भएको इन्सुलिनलाई प्रयोगमा ल्याउन सकिँदैन । उदाहरणका लागि साँचो त छ, तर ढोकामा लाग्दैन अथवा ताला खोल्न सक्दैन ।

९० प्रतिशत मानिसमा देखिने मधुमेहको रोकथामका लागि जीवनशैली परिवर्तन गर्नु आवश्यक हुन्छ । यसका लागि विशेषगरी खानपानमा ध्यान दिनु आवश्यक हुन्छ । पोषिलो खानेकुरा खानुपर्छ । बढी मात्रामा चिल्लो र मैदाको प्रयोग गरेका खानेकुरा खानुहुँदैन । नियमित रूपमा शारीरिक अभ्यास गरेर तौललाई सन्तुलनमा राख्नु आवश्यक हुन्छ । यी भनेका मानिस स्वयम्ले गर्ने कुरा हुन् ।

यसबाहेक आजकल जिडिएम नामक मधुमेहको प्रकार दक्षिण एसियामा धेरैभन्दा धेरै मात्रामा देखिएको छ । यो महिलामा गर्भवती अवस्थामा मात्र देखिने मधुमेह हो । पाकिस्तान, बंगलादेश, भारतलगायत मुलुकका महिलामा यस्तो प्रकारको मधुमेह देखिने गरेको छ । ती महिला, जसमा पहिले कहिल्यै मधुमेह देखापरेको थिएन, तर गर्भावस्थामा तिनलाई मधुमेह भएको पाइयो भने त्यसलाई गर्भावस्थामा हुने मधुमेह भनिन्छ । यसप्रकारको मधुमेह प्रायः गर्भावस्थाको पछिल्लो समयमा देखापर्ने गर्छ । यसलाई इन्सुलिनको प्रयोगबाट उपचार गरिन्छ र महिला सुत्केरी भइसकेपछि त्यो आफैँ ठिक भएर पनि जान सक्छ । तर, गर्भावस्थामा मधुमेह भएका महिलालाई सामान्य महिलाको दाँजोमा टाइप २ मधुमेह हुने खतरा ३५ देखि ६० प्रतिशत बढी हुन्छ । ९० प्रतिशत मानिसमा हुने मधुमेह टाइप २ मधुमेह हो । दक्षिण एसियाको तथ्यांकलाई हेर्ने हो भने महिलामा भन्दा पुरुषमा बढी मधुमेहरोग पाइएको छ ।

मधुमेहका अन्य सहायक प्रकार
मधुमेह केही विशेष कारणहरू, जस्तो कि– शरीरमा हर्माेनको गडबडी भएर, वंशानुगत कारण वा केही रसायन तथा औषधिका कारणसमेत हुन सक्छ । शरीरमा प्रभाव पार्ने जटिल वा कडाखालका रोग, प्याङक्रियाजको रोग, मद्यपान र कुपोषणका कारणसमेत यसप्रकारको मधुमेह लाग्ने गर्छ ।

मुख्य लक्षण
– भोक बढी लाग्ने ।
– तिर्खा बढी लाग्ने ।
– रातिमा धेरै पिसाब लाग्ने ।
– ज्यादै थकान महसुस हुने ।
– शरीरको तौल घट्दै जाने ।
– गुप्तांङ चिलाउने तथा संक्रमण बढ्दै जाने ।
– सानोतिनो घाउखटिरासमेत छिटो निको नहुने ।
– दृष्टि धमिलो हुने ।

मधुमेहका कारण लाग्ने अन्य रोग
– मुटु रोग ।
– मस्तिष्काघात ।
– स्नायु प्रणालीमा क्षति ।
– मर्गौलामा क्षति ।
– आँखाको रेटिनामा विभिन्न प्रकारको क्षति।

उपचार
९० प्रतिशत मानिसमा देखिने मधुमेहको रोकथामका लागि जीवनशैली परिवर्तन गर्नु आवश्यक हुन्छ । यसका लागि विशेषगरी खानपानमा ध्यान दिनु आवश्यक हुन्छ । पोषिलो खानेकुरा खानुपर्छ । बढी मात्रामा चिल्लो र मैदाको प्रयोग गरेका खानेकुरा खानुहुँदैन । नियमित रूपमा शारीरिक अभ्यास गरेर तौललाई सन्तुलनमा राख्नु आवश्यक हुन्छ । यी भनेका मानिस स्वयम्ले गर्ने कुरा हुन् । यदि मधुमेहरोग लागिहाल्यो भने उपचारका क्रममा बिरामीलाई ट्याब्लेट दिनुपर्ने हुन्छ । टाइप १ मधुमेहमा भने इन्सुलिन मात्रै दिनुपर्ने हुन्छ । जिडिएममा औषधि दिए पनि धेरै डोजको दिन मिल्दैन । यसप्रकारको मधुमेहमा सामान्य एकप्रकारको औषधि खान मिल्छ, त्यसमा पनि इन्सुलिनको मात्रा हुन्छ । मधुमेहमा शल्यक्रिया भने हुँदैन ।

रोकथाम
– बच्चालाई ६ महिनाको उमेरसम्म गाईभैँसीको दूध खुवाउनुहुँदैन ।
– टाइप २ मधुमेहलाई भने नियन्त्रण गर्न सकिन्छ । यसका लागि जीवनशैली परिवर्तन गर्नुपर्छ ।
– खानपिनमा ध्यान दिनुपर्छ ।
– तौल सन्तुलनमा राख्नुपर्छ ।
– तनाव कम गर्नुपर्छ ।
– महिलाले स्तनपान गराएमा पनि मधुमेहबाट बच्न सकिन्छ ।
– नियमित रूपमा शारीरिक अभ्यास गर्नुपर्छ ।

प्रस्तुति : लक्ष्मी चौलागाईं



Leave a Reply

Your email address will not be published.