कोरोनासँगै औलोको परीक्षण गर्न निर्देशन

हेल्थपोस्ट नेपाल

सुदूरपश्चिम प्रदेशका विभिन्न क्वारेण्टाइनमा बसेका नागरिकको कोरोनासँगै औलो रोगको अनिवार्य परीक्षण गर्न निर्देशन दिइएको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले सुदूरपश्चिम प्रदेशमा पछिललो समय औलो रोगीको संख्या बढ्दै गएको र भारतमा पनि औलो रोगीको संख्या बढेको भन्दै क्वारेण्टाइनमा रहेका नागरिकको कोरोनासँगै अनिवार्य औलो रोगको समेत पिसिआर परीक्षण गर्न निर्देशन दिएको हो।

स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीद्वारा जारी गरिएको पत्र अनुसार औलो रोग समुदाय सम्म फैलिन नदिन कोरोनासँगै औलो रोगको पनि अनिवार्य परीक्षण गर्न निर्देशन दिइएको हो।



Leave a Reply

Your email address will not be published.