नोना फाउन्डेसनले दियो मेची अञ्चल अस्पताललाई स्वास्थ्य सामग्री
नोना कोइराला फाउण्डेशनले झापाको मेची अञ्चल अस्पताललाई कोरोना संक्रमणबाट जोगिन प्रयोग गरिने हजारौं मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको समन्वयमा फाउण्डेशनले ति सामग्री उपलब्ध गराएको हो।
नेपाली कांग्रेस झापामार्फत कोरोना स्वास्थ्य उपकरण मेची अञ्चल अस्पताललाई उपलब्ध गराइएको कांग्रेस झापाका प्रवक्ता लोकराज ढकालले जानकारी दिए।
कांग्रेस झापा सभापति उद्घब थापा नेतृत्वको टोलीले अस्पतालका सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरलाई हस्तान्तरण गरेको हो। हस्तान्तरण गरिएको सामग्रीमा दुई सय पिस सर्जिकल किट, मास्क लगायतको उपकरण समेत रहेको जनाइएको छ।