मन्त्रीले डा. सुशीललाई निमित्त दिए पनि डा. पुष्पा नियमित मन्त्रालयमा

हेल्थपोस्ट नेपाल

डा. पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयबाट सरुवा गरेको झन्डै एक महिनापछि उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेललाई अधिकारसहितको निमित्तको जिम्मेवारी दिने निर्णय गरे । जिम्मेवारी पाएकै दिन प्याकुरेलले मन्त्रालयका ५ उपसचिवको सरुवा गरे । उनी सोमबार बिहान पनि योजना आयोग, प्रधानमन्त्री कार्यालयदेखि मन्त्रालयकै संगठन संरचनासम्बन्धी बैठकमा समेत सचिवकै रूपमा सहभागी भए ।

मन्त्रालयबाट २८ असोजमै सरुवा भएकी डा. पुष्पा चौधरीसमेत सोमबार डा. प्याकुरेलभन्दा अघि नै मन्त्रालय पुगिन् ।
डा. पुष्पाको सरुवापछि स्वतः निमित्त भएपछि डा. प्याकुरेलको सक्रियता नयाँ हो । तर, डा. पुष्पा भने अस्वाभाविक रूपमा बिहान–बेलुका नियमित मन्त्रालय आउँछिन् । दिनभर अक्सर मन्त्रालयमा नभए पनि उनी दैनिक बिहान–बेलुकै हाजिर गर्न मन्त्रालय पुग्ने गरेको मन्त्रालयका उच्च अधिकारीहरू बताउँछन् ।

मन्त्रालयबाट २८ असोजमै सरुवा भएकी डा. पुष्पा चौधरीसमेत सोमबार डा. प्याकुरेलभन्दा अघि नै मन्त्रालय पुगिन् । डा. पुष्पाको सरुवापछि स्वतः निमित्त भएपछि डा. प्याकुरेलको सक्रियता नयाँ हो । तर, डा. पुष्पा भने अस्वाभाविक रूपमा बिहान–बेलुका नियमित मन्त्रालय आउँछिन् ।

सरकारले गरेको सरुवाविरुद्ध सचिव डा. चौधरी अदालत गएकी थिइन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले १६ कात्तिकको सरकारको सरुवा निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । सो आदेशपछि डा. चौधरीले निर्णयकर्ता निकायलाई जानकारी नगराई/पत्र नपुगीकनै १८ गते मन्त्रालय पुगेर हाजिर गरेकी थिइन् । विपक्षी निकायमा पत्र नै नपुगी अदालतको आदेश आफैँ कार्यान्वयन गरेको भन्दै मुख्यसचिव लोकदर्शन रेग्मीसमेत उनीसँग रिसाएका थिए । सोपश्चात् सचिव चौधरीलाई सचिवस्तरीय बैठकहरूमा समेत नबोलाई बाइपास गर्न थालेपछि उनी हाजिर गर्ने तर काम नखोज्ने रणनीतिमा छिन् ।

डा. चौधरीले अदालतको आदेशको पालना गर्नु आफ्नो कर्तव्य भएको भन्दै न्यायालयको सम्मानका लागि मन्त्रालय गइरहेको बताइन् । उनले आफूमाथि अन्याय भएको ठानेर अदालत गएको भन्दै अदालतले आदेश दिएपछि त्यसको पालना गर्नु आफ्नो कर्तव्य भएको बताइन् । मन्त्रालयको पछिल्लो निर्णयबारे राखिएको जिज्ञासामा मुख्यसचिव रेग्मीले अदालतको आदेश र मन्त्रालयको निर्णय दुवै मन्त्रिपरिषद् कार्यालयमा हालसम्म नआएको बताए । पत्र प्राप्त भएपछि मात्र विषय स्पष्ट हुने उनको भनाइ थियो ।



Leave a Reply

Your email address will not be published.