काठमाडौं महानगरका कर्मचारीको मनोबल बढाउन कोरोना बिमा
काठमाडौं महानगपालिकाले जनप्रतिनिधि, सामाजिक परिचालक तथा कर्मचारीको कोरोना बिमा गराइदिएको छ ।
महानगरपालिकाले बुधबार राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग सहकार्य गरी १ हजार ९ सय ८२ जना जनप्रतिनिधि तथा कर्मचारीको कोरोना बीमा गरेको हो।
‘कोरोना भाइरसको महामारीका समयमा काम गर्ने कर्मचारीको मनोबल वृद्धि गर्ने र उनीहरूको स्वास्थ्य सेवाको प्रत्याभूत गर्न महानगरले बिमा गर्ने निर्णय गरेको हो,’ काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने।
महानगरले गरेको सम्झौताबमोजिम २०७८ जेठ २२ गतेसम्म बिमा गरेको व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिए महानगरको सिफारिसमा संक्रमितले १ लाख रुपैयाँ पाउने व्यवस्था गरिएको छ।
हाल महानगरपालिकाभित्र ३० जना सामाजिक परिचालक, १ सय ६० जनप्रतिनिधि तथा ७ सय ९२ जना सञ्चार, स्थायी तथा करारमा काम गर्ने जनशक्ति रहेको छ।
बीमा प्रतिव्यक्ति ६ सयका दरले गरिएको हो।
बिमा समितिले बिहीबार एक निर्णय गर्दै हाललाई कोरोना बिमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।