चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामी बढ्दै, सामान्य नसोच्न चिकित्सकको सुझाब

हेल्थपोस्ट नेपाल

जाडोको सुरुवातसँगै राजधानीमा रुघाखोकी तथा ज्वरोका बिरामी बढ्दै गएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाका अनुसार कात्तिक महिना लागेपश्चात् रुघाखोकी र ज्वरोका बिरामीको संख्या ह्वात्तै बढेको छ ।
हाल टेकु अस्पतालमा दैनिक ३० देखि ४० को संख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी आउने गरेको अस्पतालका डा. शेरबहादुर पुन बताउँछन् । दसैँ, तिहारजस्ता महत्वपूर्ण चाडपर्व सकिएपछि अझै बिरामी संख्या बढ्न सक्ने डाक्टर पुन बताउँछन् । त्यसमा पनि बालबालिका तथा बूढाबूढीमा यसको संक्रमण बढी हुने गर्छ । युवामा पनि सन्तुलित खानपान तथा जीवनशैली अपनाउन नसक्दा विशेषगरी रुघाखोकी तथा ज्वरोसम्बन्धी स्वास्थ्य समस्या देखिने डाक्टर पुन बताउँछन् ।

यसरी विनास्वास्थ्यपरीक्षण तथा चिकित्सकको सल्लाहविना औषधि खानु राम्रो होइन । यसले भविष्यमा विभिन्नखाले जटिल स्वास्थ्य समस्यासमेत देखापर्न सक्छन् ।

प्रत्येक वर्ष जाडोको सुरुवातसँगै रुघाखोकी तथा ज्वरोका बिरामी बढ्ने गरेको अनुभव डा. पुनको छ । उनका अनुसार रुघाखोकीलाई सामान्य रूपमा लिई बेवास्ता गर्दा श्वास–प्रश्वाससम्बन्धी विभिन्न जटिल प्रकारका रोगसमेत लाग्ने गर्छन् । रुघाखोकी तथा ज्वरोलाई सामान्य रूपमा लिई वेलैमा उपचारमा ध्यान दिन नसकिएको अवस्थामा यसका कारण जटिल परिस्थितिको पनि सिर्जना हुन सक्छ । ‘रुघाखोकी तथा ज्वरोलाई सामान्य रूपमा लिएर अधिकांशले नजिकैको औषधिपसलमा गएर अनुमानका भरमा आफूखुसी औषधि किनेर खाने गरेको पाइन्छ,’ डा. पुन भन्छन्, ‘यसरी विनास्वास्थ्यपरीक्षण तथा चिकित्सकको सल्लाहविना औषधि खानु राम्रो होइन । यसले भविष्यमा विभिन्नखाले जटिल स्वास्थ्य समस्यासमेत देखापर्न सक्छन् ।’
चिकित्सकको सल्लाहविपरीत आफूखुसी औषधि खानाले सामान्य रुघाखोकीले पनि कतिपयको ज्यानसमेत जाने गरेको डा. पुन बताउँछन् ।



Leave a Reply

Your email address will not be published.