एम्बुलेन्स चालकमा पनि कोरोना पुष्टि
अछामबाट बिरामी बोकेर धनगढी आएका एम्बुलेन्स चालकमा कोरोना पुष्टि भएको छ। आइतबार अछामबाट विरामी लिएर धनगढी आएका एम्बुलेन्स चालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमण पुष्टि भएका एम्बुलेन्स चालक अछामको मंगलसेन नगरपालिका–४ का २३ वर्षे पुरुष हुन्। उनको सुर्खेतस्थित प्रयोगशालामा गरिएको थ्रोट स्वाबको नमूना परीक्षणमा रिर्पोट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।