एउटी दिदी, उहाँ पनि विदेश, टीका नहुँदा यसपटक रमाइलो छैन

हेल्थपोस्ट नेपाल

बाल्यकालमा गाउँमै बसेर तिहार मनाइन्थ्यो । त्यतिवेला तिहार आउनासाथ मनैदेखि रमाइलो लागेर आउँथ्यो । त्यससमयमा त कहिले दसैँ–तिहार आउला भनेर कुरेर बसिन्थ्यो, रमाइलो गर्नका लागि । बाल्यकालमा कुनै जिम्मेवारी आफूमा नहुने भएकाले पनि रमाइलो मात्रै लाग्ने गथ्र्याे । अहिले ज्यादै कम मात्र रमाइलो महसुस हुन्छ । यदि रमाइलो लागिहाल्यो भने पनि जिम्मेवारीले घचघच्याउँछ । त्यसमा पनि डाक्टर भएपछि पहिलेजस्तो तिहारको रमाइलो महसुस नै हुन पाएन । अरूले रमाइलो गरिरहेको समयमा पनि आफू भने अस्पतालको काममै व्यस्त भइने भएकाले डाक्टरको तिहार त्यति रमाइलो हुँदैन ।
यसपटकको तिहारमा मेरी दिदी नेपालमा नहुनुभएकाले भाइटीका हुँदैन । अस्पतालमा ओपिडी सेवा जारी नै रहे पनि म भने तिहारका लागि ३ दिन बिदामा बस्ने भएको छु । टीका नभएका कारण मैले ब्याटमिन्टन खेलेर तथा ट्रेकिङ गएर समयको उपयोग गर्ने निधो गरेको छु । मनोरञ्जन नै गर्नका लागि तास खेल्ने परिपाटी भने मेरो कहिल्यै छैन । भाइटीका नहुने भएकाले होला, यसपटकको तिहार मलाई कुनै रूपमा पनि विशेष लागेको छैन ।

बाल्यकालमा कुनै जिम्मेवारी आफूमा नहुने भएकाले पनि रमाइलो मात्रै लाग्ने गथ्र्याे । अहिले ज्यादै कम मात्र रमाइलो महसुस हुन्छ । यदि रमाइलो लागिहाल्यो भने पनि जिम्मेवारीले घचघच्याउँछ । त्यसमा पनि डाक्टर भएपछि पहिलेजस्तो तिहारको रमाइलो महसुस नै हुन पाएन ।

हामी काठमाडौंबाहिरका भएकाले हुन सक्छ, अझै पनि हाम्रो परिवार र म स्वयम् पनि यहाँको संस्कार र संस्कृतिसँग धुलमिल हुन सकेका छैनौँ भन्ने मलाई लाग्छ । बच्चावेलामा चाडपर्व आएसँगै जुन रौनक आउँथ्यो, अहिले ती कुनै पनि रौनक छैनन् । त्यतिवेलाको चाडपर्व र अहिलेको चाडपर्वमा विविध भिन्नता पाउन सकिन्छ । बाल्यकालमा तिहारको टीका सधैँ लगाइन्थो भने डाक्टर भए पनि त्यस्तो अवसर सधैँ पाएको छैन । डाक्टर भएपश्चात् धेरै तिहार दिदीको हातको टीका नलगाई गइसकेका छन् ।

हामी काठमाडौंबाहिरका भएकाले हुन सक्छ, अझै पनि हाम्रो परिवार र म स्वयम् पनि यहाँको संस्कार र संस्कृतिसँग धुलमिल हुन सकेका छैनौँ भन्ने मलाई लाग्छ । बच्चावेलामा चाडपर्व आएसँगै जुन रौनक आउँथ्यो, अहिले ती कुनै पनि रौनक छैनन् ।

काठमाडौंमा सबै परिवारको साथमा बसेको भए पनि आफू सधैँ काममै व्यस्त हुनुपर्ने भएकाले डाक्टर भएपछिको तिहार त्यति रमाइलो लाग्दैन । मेरी एउटी दिदी मात्रै हुनुहुन्छ । उहाँ केही समयअघि मात्र विदेश जानुभएकाले यसपटकको तिहार त्यति रमाइलो लागेको छैन ।
अन्तमा, नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी, साथीहरूलगायत सम्पूर्णमा तिहारको शुभकामना भन्न चाहन्छु । तिहार आउनुअघि नै धेरै जुवातास खेल्ने कतिपयको प्रचलन छ । त्यसरी धेरै जुवातास खेल्नु राम्रो नभएको र त्यसले समाजमा अशान्ति पैदा गर्ने भएकाले जुवातास खेल्नमा बढी उत्साहित नहुनका लागि म सम्पूर्णमा आग्रह गर्न चाहन्छु ।

त्यसका साथै तिहारको समयमा शरीरलाई आवश्यकभन्दा बढी मात्रामा मिठाइ खाने प्रचलन छ । कुनै पनि कुरा आवश्यकताभन्दा बढी खाँदा शरीरलाई हानि गर्ने भएकाले धेरै मिठाइ नखानका लागि म सम्पूर्णमा आग्रह गर्छु । घरमै तयार गरेका मिठाइ स्वास्थ्यका लागि लाभदायक हुने भएकाले बाहिर रेडिमेड रूपमा पाइने मिठाइभन्दा घरमै तयार गरिएको मिठाइ खान मेरो आग्रह छ । बाहिरका मिठाइमा अनावश्यक रूपमा रङरोगन गरिने तथा कतिपय अवस्थामा बाहिरका मिठाइ बासी हुने भएकाले त्यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पु¥याउँछ ।

निर्देशक शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु



Leave a Reply

Your email address will not be published.