यसपालि बहिनीसँग टीका लगाउने योजनामा छु
अत्यन्त संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले कुनै पनि डाक्टरको तिहार सामान्य मानिसजस्तो हुन सक्दैन । बाल्यकालमा जसरी तिहार मनाउने गरेको थिएँ, डाक्टरी पढ्न थालेपछि तथा डाक्टरी पेसा अँगालेपछि त्यसरी तिहार मनाउन पाएको अनुभव मसँग छैन ।
डाक्टर भएपश्चात् कहिलेकाहाँ घरायसी कामका कारण तथा धेरैजसो अस्पतालका कामकै कारण तिहार मनाउन पाएको छैन । यसमा मलाई कुनै दुःख पनि लागेको छैन । बिरामीको सेवा गर्नु नै डाक्टरको धर्म भएकाले डाक्टरले आफ्ना लागि भन्दा पनि बिरामीका लागि बाँच्नुपर्ने हुन्छ । डाक्टरका लागि बिरामीको उपचार गर्नु नै ठूलो धर्म हो ।
डाक्टरी पढ्न थालेपछि भने मैले न तिहारको मजा नै राम्रोसँग लिन पाएँ, न त परिवारसँगै धेरै समय बिताउन पाएँ । सानो वेलाको तिहार ज्यादै उत्साहजनक लाग्थ्यो । बिस्तारै ठूलो हुँदै जाँदा त्यो उत्साह हराउँदै जाँदोरहेछ । बाल्यकालमा मनाएको तिहारको यादले अहिले पनि मनमा भिन्नैकिसिमको उत्साह र तरंग उत्पन्न हुन्छ ।
सानोवेलामा प्रायः सधैँ नै तिहार मनाउने गरेको अनुभव मसँग छ । सानो छँदा परिवार तथा आफन्तसँग धेरै समय बिताएको अनुभव छ । तर, डाक्टरी पढ्न थालेपछि भने मैले न तिहारको मजा नै राम्रोसँग लिन पाएँ, न त परिवारसँगै धेरै समय बिताउन पाएँ । सानो वेलाको तिहार ज्यादै उत्साहजनक लाग्थ्यो । बिस्तारै ठूलो हुँदै जाँदा त्यो उत्साह हराउँदै जाँदोरहेछ । बाल्यकालमा मनाएको तिहारको यादले अहिले पनि मनमा भिन्नैकिसिमको उत्साह र तरंग उत्पन्न हुन्छ ।
डाक्टरी अध्ययन पूरा गरेर जब पेसामा आबद्ध भएँ, त्यसपछि त बाल्यकालको जस्तो तिहार मनाउन पाउने कुरै भएन । यसपालिको तिहारमा विशेषखाले कार्यक्रम भने खासै केही बनाएको छैन । अरू दिन अस्पतालमै रहे पनि यसपटक मैले बहिनीको हातबाट टीका लगाउने भएको छु । मेरा एक बहिनी र दुई दिदी हुनुहुन्छ । धेरै समय विदेशमै बिताएको भएर पनि होला, नेपालमा त्यति धेरै तिहार मनाएको अनुभव लिन पाएको छैन ।
समय मिलाउन सके तिहारमा नजिकै कतै घुम्न जाने योजना बनाएको छु । अहिले तिहार लागिसकेको भए पनि म भने इमर्जेन्सीमा बिरामीको हेरचाहमै खटिरहेको छु । चाडपर्वको समयमा पनि मेरो प्रायः समय पारिवारसितभन्दा पनि अस्पतालमै बितिरहेको हुन्छ ।
मनमोहन कार्डियोथोरासिस तथा भास्कुलर सेन्टर, महाराजगन्ज
प्रस्तुति :लक्ष्मी चौलागाईं