अब थानकोट र मध्यपुर ठिमीमा पनि प्रसूतिगृहका शाखा

हेल्थपोस्ट नेपाल


परोपकार प्रसूतिगृहले आफ्नोको शाखा विस्तारका लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ । थानकोट र मध्यपुर ठिमीमा प्रारम्भिक रूपमा शाखा विस्तार गर्न सकिने अध्ययनसहित मन्त्रालयलाई लेखेर पठाएको प्रसूतिगृहका निर्देशक जागेश्वर गौतम बताउँछन् । गौतमका अनुसार कति बेडको शाखा विस्तार गर्ने भन्नेबारे अहिलेसम्म यकिन भइसकेको छैन । नेपाल सरकारको समन्वयमा कति बेडको शाखा विस्तार गर्ने भन्ने निधो हुने उनको भनाइ छ । जर्मन इन्टरनेसनलको अप्रेसन एजेन्सीले उक्त शाखा विस्तारको काम गर्न लागेको हो ।

बिरामीको अत्यधिक चापका कारण चिकित्सकहरूले उचित सेवासमेत दिन नसक्ने अवस्था आउन सक्ने भएकाले शाखा विस्तारका लागि पहल गरिएको गौतम बताउँछन् । उनका अनुसार प्रसूतिगृहमा सेवाको गुणस्तरकै कारण बिरामीको चाप अत्यधिक बढेको हो । तर, क्षमताभन्दा बिरामीको चाप अत्यधिक भएका कारण सेवाको गुणस्तर कायम गर्न समस्या हुने गरेको छ ।

थापाथलीस्थित प्रसूतिगृहले वार्षिक करिब २१ हजार महिलाको डेलिभरी गराउँदै अएको छ । यसरी एकै ठाउँमा यति ठूलो मात्रामा डेलिभरी गराउनु निकै चुनौतीपूर्ण छ । बिरामीको अत्यधिक चापका कारण चिकित्सकहरूले उचित सेवासमेत दिन नसक्ने अवस्था आउन सक्ने भएकाले शाखा विस्तारका लागि पहल गरिएको गौतम बताउँछन् । उनका अनुसार प्रसूतिगृहमा सेवाको गुणस्तरकै कारण बिरामीको चाप अत्यधिक बढेको हो । तर, क्षमताभन्दा बिरामीको चाप अत्यधिक भएका कारण सेवाको गुणस्तर कायम गर्न समस्या हुने गरेको छ । बिरामीको अत्यधिक चापले समयमै उपचार गराउन नसकिने तथा बिरामीको अवस्थाअनुसार उचित बेडसमेत उपलब्ध गराउन नसक्ने अवस्था छ ।

प्रसूतिगृहले आफ्नै केन्द्रका रूपमा ललितपुरको भैँसेपाटीमा ओपिडी सेवा सुरु गरिसकेको छ । त्यहाँ स्त्रीरोग तथा प्रसूतिको ओपिडी, बालरोगको ओपिडी, अल्ट्रासाउन्ड, ल्याबसहितको ओपिडी सेवा उपलब्ध छन् । हाललाई ओपिडी सेवा मात्र सञ्चालनमा भए पनि बिरामीको चाप बढ्दै जाँदा त्यहीँ डेलिभरी सेवासमेत विस्तार गरिने निर्देशक गौतम बताउँछन् । उनका अनुसार शल्यक्रियाको सेवा दिन बिरामीको चाप पुग्नुपर्ने हुन्छ । हाल भैँसेपाटीबाट ओपिडी सेवा लिइरहेका बिरामीलाई डेलिभरीका लागि थापाथली रेफर गर्ने गरिएको छ ।



Leave a Reply

Your email address will not be published.