वैदेशिक रोजगारीमा जानुअघि स्वास्थ्यपरीक्षण
हामी लामो यात्रामा निस्कनुअघि आफ्नो मोटरको सर्भिसिङ गरेर निस्कन्छौँ । इन्जिन र पाठपुर्जा राम्रो अवस्थामा रहेको मोटरमा हामी निर्धक्क यात्रा गर्न सक्छौँ । यात्रामा सानातिना समस्याले हामीलाई नसताऊन् भन्ने हाम्रो स्वाभाविक अपेक्ष हुने गर्छ ।
देशको अर्थतन्त्रको ठूलो हिस्सा विदेशबाट आएको रेमिटेन्सबाट चलेको छ । आफ्नो र परिवारको उज्यालो भविष्यका लागि पसिना बगाउन झोलाझाम्टा बोकेर विदेश लाग्ने प्रियजन यदि स्वस्थ र तन्दुरुस्त भएनन् भने कहाँ टिक्छ हाम्रो सपना ? कुरा साधारण लाग्छ, तर गम्भीर छ ।
स्वास्थ्यअवस्था ठिकठाक भएको अवस्थामा हामी जे पनि र जस्तो पनि काम गर्न सक्छौँ । तर, स्वास्थ्यअवस्थामा तलमाथि भएमा हामीलाई साधारणभन्दा साधारण काम पनि गर्न कठिन हुन्छ । यो कुरा हामी सामान्य अवस्थामा सोचिरहेका हुँदैनौँ । जब हाम्रो शरीरले साधारण अवस्थामा असाधारण महसुस गर्न थाल्दछ, बल्ल हामीलाई याद हुन्छ, वास्तवमा गरिखाने मान्छेलाई स्वास्थ्यको महत्व कति रहेछ । हालको अवस्थामा हाम्रो देशको युवा पुस्ता ठूलो संख्यामा देशबाहिर आफ्नो रगत–पसिना बगाइरहेको छ । देशको अर्थतन्त्रको ठूलो हिस्सा विदेशबाट आएको रेमिटेन्सबाट चलेको छ । आफ्नो र परिवारको उज्यालो भविष्यका लागि पसिना बगाउन झोलाझाम्टा बोकेर विदेश लाग्ने प्रियजन यदि स्वस्थ र तन्दुरुस्त भएनन् भने कहाँ टिक्छ हाम्रो सपना ? कुरा साधारण लाग्छ, तर गम्भीर छ । विदेश जानु भनेको एउटा मिसनमा जानु हो, उज्यालो भविष्य बनाउने महान् मिसन । त्यसैले मिसनमा जानुअघि आफ्नो यन्त्ररूपी शरीरको पूरा जाँचपास गरेर जानु राम्रो हो । देश छाडेर बाहिर गइसकेपछि एउटा कुरा निश्चित छ, ऐस–आराम पक्कै हुँदैन । शारीरिक होस् वा मानसिक दुःख त हुन्छ नै । दुःख–कष्ट भोग्न तयार भएर नै विदेश जाने हो । जानुअघि र सम्भव भएसम्म गएर आइसकेपछि पनि स्वास्थ्यपरीक्षण गर्नुपर्छ ।
शरीरका अंगहरूले के–कस्तो अवस्थामा आफ्नो कार्यसम्पादन गरिरहेका छन् भनी रगत तथा पिसाबको माध्यमबाट केही जाँच गर्न सकिन्छ । दृष्टिक्षमता र आँखाको अवस्था कस्तो छ भनेर आँखाको साधारण जाँच गरेर पत्ता लगाउन सकिन्छ । शरीरको बाहिरी आवरणबाट पनि धेरै कुराको अनुमान लगाउन सकिन्छ ।
हामीलाई सर्ने र नसर्ने धेरै प्रकारका रोग लाग्ने गर्छन् । रोगको विकासको अवस्था हेरी नियन्त्रण गर्न सकिने अवस्थाका नसर्ने रोग लागेको अवस्थामा सावधानीका साथ वैदेशिक यात्राको योजना बनाउन सकिन्छ । तर, गम्भीर अवस्थाको रोग लागेको अवस्थामा विदेश जानु भनेको जानाजान भिरबाट हामफाल्नुजस्तै हो । सरुवारोगहरू प्रायः साधारण उपचार गरेपछि छिटै निको हुने प्रकृतिका हुन्छन् । तर, अलि जटिलखालका र अरूलाई पनि फैलन सक्नेखालका सरुवारोग भएको अवस्थामा भने विदेश जानेतिर नलाग्नु उत्तम हुन्छ । हाम्रो स्वास्थ्यको साधारण प्रतीकका रूपमा हेरिने रक्तचाप, तापक्रम, श्वासप्रश्वास, तौल, उचाइजस्ता कुरा सामान्य स्केलमा हुनुपर्छ । यदि छैन भने स्वास्थ्यअवस्थामा केही खराबी छ कि भनेर सोच्नुपर्ने हुन्छ । शरीरका अंगहरूले के–कस्तो अवस्थामा आफ्नो कार्यसम्पादन गरिरहेका छन् भनी रगत तथा पिसाबको माध्यमबाट केही जाँच गर्न सकिन्छ । दृष्टिक्षमता र आँखाको अवस्था कस्तो छ भनेर आँखाको साधारण जाँच गरेर पत्ता लगाउन सकिन्छ । शरीरको बाहिरी आवरणबाट पनि धेरै कुराको अनुमान लगाउन सकिन्छ । छातीको साधारण एक्स रे गरेर फोक्सो र मुटुसम्बन्धी कुनै भित्री रोग भए–नभएको थाहा पाउन सकिन्छ । यसैगरी भिडिआरएल नामक एउटा साधारण परीक्षण गरेर कुनै भाइरल यौनजन्य रोग भए–नभएको थाहा पाउन सकिन्छ । यसका साथै हेपाटाइटिस, एड्सजस्ता जटिल रोगको पनि परीक्षण गरेर हेर्नुपर्छ ।
साधारण भाषामा भनिने सुगर र प्रेसर ठिकठाक हुनपर्छ । यी सबै सामान्य अवस्थामा छन् भने अब स्वास्थ्यलाई ठिकठाक राख्ने सुनिश्चित गरेर विदेश जान सकिन्छ । यदि केही कमजोरी देखिए वा केही इन्टर्भेन्सन गरेर स्वास्थ्यअवस्था समान्य अवस्थामा आउने अवस्थामा केही समय कुरेर स्वस्थ भइसकेपछि विदेश जान सकिन्छ । तर, स्वास्थ्यअवस्था नाजुक छ भने बल गर्नुहुँदैन, स्वास्थ्यभन्दा ठूलो धन केही छैन । स्वास्थ्यमा आएको खराबीले धन सकिने अवस्था आएमा त्यो पनि राम्रो भएन ।
सधैँभरि घरमा बसेर मात्र पनि प्रगति हुँदैन । भावनामा बगेर जिन्दगी चल्दैन । जिन्दगी चलाउन पैसा नै चाहिन्छ । पैसा कमाउनैपर्छ । सम्भव भए स्वदेशमै परिश्रम गरेर कमाउने हो । परिस्थितिले विदेश जानुपर्ने भएमा त्यसलाई पनि सहज रूपमा स्वीकार गर्नुपर्छ । तर, एकै वाक्यमा भन्नुपर्दा– स्वास्थ्यभन्दा ठूलो सम्पत्ति केही छैन ।
(स्वास्थ्यकर्मी भएको नाताले साधारण चेतनाले प्रेरित भएर यो लेख तयार गरिएको हो, सम्बन्धित विशेषज्ञता भएर वा विदेश जानुअघि स्वास्थ्यपरीक्षण गर्ने कुनै पनि संस्था वा व्यक्तिसँग सम्बन्धित भएर वा प्रेरित भएर होइन ।)