राजधानीसहित देशका प्रमुख सहरमा मनाइयो ‘विश्व पोलियो दिवस’

हेल्थपोस्ट नेपाल

पोलियो भ्याक्सिनका आविष्कारक जोन सार्कको स्मृतिमा रोटरी इन्टरनेसनलको अगुवाइमा विभिन्न कार्यक्रम गरी ‘विश्व पोलियो दिवस’ मनाइएको छ । विश्वभर फैलिएका रोटरी क्लबका शाखाहरूले हरेक वर्ष २४ अक्टोबरका दिन ‘विश्व पोलियो दिवस’ मनाउँदै आएका छन् । नेपालमा रोटरी इन्टरनेसनलले झन्डै ६ दशक (सन् १९५९)देखि स्वास्थ्य गतिविधि सञ्चालन गर्दै आएको छ ।

काठमाडौंको भृकुटीमण्डपबाट बुधबार बिहान ७ बजे सुरु भएको पोलियो दिवसको ¥याली भद्रकाली–त्रिपुरेश्वर–थापाथली–कुपन्डोल हुँदै अल्का अस्पतालनजिक पुगेर समापन भएको थियो । ¥यालीको समापनपश्चात् पत्रकारसितको अन्तरक्रियामा बोल्दै डिस्ट्रिक्ट पब्लिक इमेज कमिटीका अध्यक्ष महेश्वरभक्त श्रेष्ठले नेपालमा सन् २०१० देखि नै पोलियो रोग उन्मूलन भइसकेको जानकारी दिए ।

पोलियो उन्मूलनमा रोटरीका चार कसी– पोलियो उन्मूलनका लागि आफ्नै सदस्यबाट चन्दा उठाउनु, चन्दाका लागि अन्य दातृसंस्थाहरूलाई उत्प्रेरित गर्नु, सामुदायिक स्तरमा स्वयंसेवक परिचालन गर्नु र पोलियोविरुद्ध जागरण अभियान सञ्चालन गर्नु रहेका छन् ।

रोटरी इन्टरनेसनल नेपाल नेसनल पोलियो प्लस कमिटीको आयोजना र रोटरी डिस्ट्रिक्ट ३२९२ नेपालका रोटरियन, रोटयाक्ट, इन्ट्र्याकका साथै रोटरियन परिवारका अन्य सदस्यको सक्रिय सहभागितामा देशका विभिन्न १६ स्थान काठमाडौं, दमौली, पोखरा, वालिङ, गोरखा, भैरहवा, कपिलवस्तु, धनगढी, विराटनगर, इटहरी, धादिङ, तुल्सीपुर वीरगन्ज, दमक, चितवन, हेटौँडामा समेत विविध कार्यक्रम गरी विश्व पोलियो दिवस मनाइएको छ ।

पोलियो उन्मूलनमा रोटरीका चार कसी– पोलियो उन्मूलनका लागि आफ्नै सदस्यबाट चन्दा उठाउनु, चन्दाका लागि अन्य दातृसंस्थाहरूलाई उत्प्रेरित गर्नु, सामुदायिक स्तरमा स्वयंसेवक परिचालन गर्नु र पोलियोविरुद्ध जागरण अभियान सञ्चालन गर्नु रहेका छन् । यसका लागि रोटरीबाट १.६ अर्ब डलर उठाउनुका साथै अन्य दातृसंस्थाबाट समेत गरी ७.२ अर्ब डलर उपलब्ध गराइसकिएको कार्यक्रममा जानकारी दिइएको छ ।

रोटरी इन्टरनेसनलको रोटरी फाउन्डेसनअन्तर्गत नेपालमा नेपाल पोलियो प्लस कमिटीले नेपाल सरकार, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा अन्य संघ–संस्थासँग मिलेर ०५३ देखि पोलियोलगायत अन्य खोप कार्यक्रमहरूमा निरन्तर काम गर्दै आएको छ । त्यस्तै, विभिन्न समयमा हुने पोलियो तथा अन्य खोप अभियानका लागि खोपकेन्द्र ब्यानर, पोस्टर, पम्पलेट, निमन्त्रणा कार्ड तथा अन्य प्रचार सामाग्री पनि रोटरीले उपलब्ध गराउँदै आएको छ । यस्ता खोप अभियानमा रोटरी डिस्ट्रिक्ट ३२९२ नेपालमा रोटरियन, रोटयाक्ट, इन्ट्र्याकका साथै रोटररियन परिवारका अन्य सदस्यहरू सक्रिय रूपमा सहभागी हुँदै आएका छन् । पोलियो खोप अभियान सुरु भएबाट जनमानसमा आफ्ना बालबालिकालाई पोलियो तथा नेपाल सरकारले सञ्चालनमा ल्याएका अन्य खोपहरू समयमै दिनुपर्छ भन्ने जागरुकता आएको पाइएको छ ।

विकसित मुलकका बालबालिकाले नियमित खोप कार्यक्रममार्फत ३२ प्रकारका रोगविरुद्धको खोप पाउँछन् भने नेपालमा विभिन्न दातृनिकायको सहयोगमा नेपाल सरकारले ११ रोगविरुद्धका खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।



Leave a Reply

Your email address will not be published.