आफैँले बनाउन सकिने केही चामत्कारिक घरेलु औषधि

हेल्थपोस्ट नेपाल

दाँतका सम्पूर्ण विकारका लागि–
बेसार, फिटकिरी, बबुलको बोक्रा, सिधेनुन र निमपत्ता १००–१०० ग्राममा अकरकराको फूल, टिम्मरको बिउ र बर्राेको दानाको बोक्रा ५०–५० ग्राम मिलाउने । उक्त मिश्रणमा २० ग्राम ल्वाङ मिलाएर मसिनो गरी पिँधेर मन्जन बनाउने । उक्त धुलोले दाँत माझ्नाले मुख तथा दाँत गन्हाउने, दाँतमा किरा लाग्ने, दाँत तथा गिजाबाट रगत आउनेजस्ता यावत् समस्याबाट चाँडै छुटकारा मिल्दछ ।

पुरानो खोकीका लागि–
५–७ दाना मरिचलाई मुखमा राखेर दिनभरि चुसिरहनाले खोकी लाग्न सुरु भएकै दिनबाट आराम दिन्छ । एकपल्टमा २–३ दाना मरिच मुखमा राखेर नियमित चुसिरहनाले धेरै पुरानो खोकी पनि ठीक हुन्छ ।

मूत्रविकारका लागि–
५–५ ग्राम निम र पीपलको बोक्राको चूर्णलाई ४०० ग्राम पानीमा पकाई १०० ग्राम पानी रहेपछि छानेर खालीपेटमा (खाना खानुअघि) सेवन गर्नाले केही दिनमै मूत्रविकार नाश हुन्छ ।

गाँठा, हाडजोर्नी दुख्ने रोगका लागि–
बेसार, मेथीको दाना र सुठोको बराबर भाग (१०० ग्राम)मा अस्वगन्धा चूर्ण ५० ग्राम मिलाएर धुलो बनाउने र १–१ चम्चा बिहानको नास्ता वा बेलुकाको खानापछि थोरै पानीमा राखी भलुक्क उमालेर नियमित सेवन गर्नाले हाडजोर्नी, कम्मर, गाँठा दुख्ने बाथरोग आदिमा राम्रो फाइदा पु-याउँछ ।

गर्भ तुहिने र बाँझोपनका लागि–
शिवलिंगी बिउ १०० ग्राम र पुत्रजीवकको दाना २०० ग्राम मिलाएर पिँध्ने र धुलो बनाउने । त्यसपछि उक्त धुलोलाई एकचौथाइ चम्चा गाईको दूधसँग फिटेर बिहानको नास्ता र बेलुकाको खानापछि केही दिन नियमित सेवन गर्नाले बाँझोपन ठिक भई छिट्टै सन्तानप्राप्ति हुन्छ, पटक–पटक गर्भपात हुनबाट जोगिन्छ ।

सजिलोसँग बच्चा जन्माउनका लागि–
अपमार्ग (दतिउन)को जरालाई गोलो बनाई नाभी (नाइटो)माथि लगाउनाले वा यसको जरालाई औँठीजस्तै बनाएर नाभीमा बाँधिदिनाले वा अपमार्गको जराको चूर्णको लेप बनाई नाभीवरिपरि लगाउने वा चूर्णलाई पोको पारी योनिमा राख्नाले ५ देखि १० मिनेटमै विनापीडा सामान्य अवस्थामा बच्चा निस्कन्छ ।
सावधानी : बच्चा जन्मनासाथ अपमार्गलाई नाभीबाट छिट्टै हटाउनुपर्छ । यदि हटाउन बिर्सियो भने सुत्केरी महिलाको पेट बाहिर निस्कने डर हुन्छ ।

रक्तस्रावका लागि–
१–२ ग्राम खाने कपुरलाई एक टुक्रा केरामा राखेर खालीपेटमा खाँदा रक्तस्राव बन्द हुन्छ । एकपटक खाँदा रगत रोकिएन भने तीनपटकसम्म पनि खान सकिन्छ ।
एक गिलास गाईको तातो दूधमा १–२ टुक्रा कागतीको रस निचोरेर तुरुन्तै पिउनाले रक्तस्राव बन्द हुन्छ । यस्तो प्रयोग एक–दुईपटकभन्दा बढी गर्नुहुँदैन ।



Leave a Reply

Your email address will not be published.