काठमाडौं महानगरले डेंगु संक्रमितका लागि सुरु गर्‍याे २४ घण्टे हटलाइन सेवा

हेल्थपोस्ट नेपाल

काठमाडौं– काठमाडौं महानगरपालिकाले डेंगु संक्रमितका लागि हटलाइन सेवा सुरु गरेको छ। महानगरका प्रमुख बालेन सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

उनले डेंगु संक्रमित भएको शंका लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताएका छन्। साथै संक्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा समेत लिन सकिने बताएका छन्।

‘डेंगु संक्रमितहरुका लागि आजबाट २४ घण्टे हटलाइन सुरु गरेका छौं। संक्रमित भए वा भएको शंका लागेमा तपाईले ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्नु हुनेछ। आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुनेछ।’



Leave a Reply

Your email address will not be published.