स्वास्थ्यमा समस्या देखिएपछि धनगढीमा अनसनरत डा गोविन्द केसी अस्पताल भर्ना

हेल्थपोस्ट नेपाल

काठमाडौं–तीन दिनदेखि धनगढीमा अनसनरत डा गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छनु्। उनलाई बुधबार साँझ सेती प्रादेशिक अस्पतालको वार्डमा भर्ना गरिएको हो ।

६ सूत्रीय मागसहित उनी उनी तीन दिनदेखि धनगढीको एलएन चोकस्थित लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसनरत छन्।

डा केसी गेटा मेडिकल कलेज सन्चालन गर्नुपर्ने, स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउनुपर्ने, जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरिनुपर्ने मागसहित अनसनमा छन्।



Leave a Reply

Your email address will not be published.