भगवान कोइरालाको आत्मकथा ‘हृदय’को विशेष संस्करण सार्वजनिक

हेल्थपोस्ट नेपाल

काठमाडौं–वरिष्ठ हार्ट सर्जन डा भगवान कोइरालाको आत्मकथा ‘हृदय’को विशेष संस्करण सार्वजनिक भएको छ।

प्रकाशक फाइनप्रिन्टले सोमबार पुस्तकको विशेष संस्करण सार्वजनिक गरेको हो । पुस्तकको नियमित संस्करण असोज पहिलो सातादेखि बजारमा आउनेछ ।

विशेष संस्करणको मूल्य पच्चीस हजार रुपैयाँ तोकिएको छ भने नियमित संस्करणको मूल्य काठमाडौका लागि ६५० र बाँकी जिल्लाका लागि ५७५ तोकिएको छ ।

बाल अस्पताल निर्माणमा सघाउनकै निम्ति फाइनप्रिन्टले डा कोइरालाको पुस्तक हृदयको विशेष सीमित संस्करण २ हजार ५ सय प्रतिको २५ हजार रुपैयाँ तोकेको हो।

स्तकबाट प्राप्त काठमाडौं इन्सिच्युट अफ चाइल्ड हेल्थको केन्द्रीय अस्पताल भवन निर्माणमा खर्च गर्ने डा कोइरालाले बताएका छन् ।

त्यस्तै नियमित संस्करणको ५० प्रतिशत लेखकस्व पनि अस्पताल निर्माणमै खर्च गर्ने डा कोइरालाले निर्णय गरेका छन् ।

विशेष संस्करण खरिद गरी सहयोग पुयाउने २ हजार ५ सय व्यक्तिको नाम अस्पतालको शिलालेखमा समावेश गरिने उनले जानकारी दिए।



Leave a Reply

Your email address will not be published.