डा करण साहको पक्राउपुर्जी ७२ घण्टाभित्र खारेज गर्न चिकित्सक संघकाे अल्टिमेटम

हेल्थपोस्ट नेपाल

काठमाडौं- नेपाल चिकित्सक संघले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहमाथि जारी गरिएको पक्राउ पुर्जी ७२ घण्टा भित्र खारेज गर्न माग गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दे संघले यस्ताे माग गरेकाे हाे।  प्रतिष्ठानमै कार्यरत कर्मचारीद्धारा कुटपिटमा परेका डा साहलाई बाल हिंसा विरुद्धको झुटा मुद्दा बनाई पक्राउ पुर्जी जारी भएकोमा गम्भीर ध्यानाकर्षण भएको संघले जनाएकाे छ।

‘अस्पताल वा कार्यस्थलमा कुनै चिकित्सकद्वारा बाल हिंसाको घटना भएको भन्ने शंका लागेमा मुलुकी संहिता सम्बन्धी नेपाल ऐनलाई संसोधन गर्ने ऐन २०७५ को दफा ७४ को १८९ को उपदफा ३ र ४ बमोजिम अपराध संहिताको दफा २३१, २३२, २३३ र २३८ बमोजिमको कसुरको अनुसन्धान नेपाल मेडिकल काउन्सिलको संयोजकत्वमा तोकिए बमोजिम अनुसन्धान गरी कसूर गरेको प्रमाण भेटिएमा निजविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई लेखि पठाउने व्यवस्था छ,’ स‌ंघले भनेकाे छ ।

पत्रकार सम्मेलनमा संघका महासचिव बद्री रिजालले उक्त व्यवस्थालाई नजर अन्दाज गरी सिधै थुनाको लागि पुर्जी काटेकोमा तत्काल बदर गर्न माग गरिएकाे बताए। उनले साहविरुद्धकाे पक्राउ पुर्जी खारेज सघले आन्दोलनका थप कार्यक्रमहसार्वजनिक गर्न बाध्य हुने समेत चेतावनी दिए।

गत भदाै २ गते डा करण साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए। एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन्।

जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा साहलाई पक्राउ पुर्जी जारी गरेको छ।



Leave a Reply

Your email address will not be published.