ग्राण्डीको अध्यक्षमा पुनः कुँवर

हेल्थपोस्ट नेपाल

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालक समितिको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर पुनः निर्वाचित भएका छन्।

ग्राण्डी अस्पतालको १० औँ साधारणसभाबाट निर्वाचित सञ्चालक समितिको  बैठकले कुँवरलाई तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको हो । इञ्जिनियर कुँवर स्थापनाकालदेखि नै ग्राण्डीको अध्यक्ष हुन्।

यस्तै ग्राण्डीको सञ्चालक समितिको सदस्यमा इञ्जिनियर विजयराज भण्डारी, सुनिलराम वैद्य, मीरा अधिकारी, पङ्कज बास्कोटा र फुर्पा दोर्जे लामा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । नेपालमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०६९ मा टोखा नगरपालिका वडा नं ८ धापासीमा स्थापना भएको ग्राण्डीले दुई सय नौ शय्यामार्फत् बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अठ्ठाइस रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालमा झण्डै एक हजार डाक्टर, नर्स तथा कर्मचारी कार्यरत छन् ।



Leave a Reply

Your email address will not be published.