यी हुन् राष्ट्रपतिबाट अवार्ड पाउने १५ महिला डाक्टर

हेल्थपोस्ट नेपाल

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै १५ महिला चिकित्सकलाई बिहीबार विशेष सम्मान गरेकी छन्। शीतल निवासमा आयाेजित समाराेहमा १५ चिकित्सक वुमन इन मेडिसिन इन नेपाल २०२२ बाट सम्मानित भएका हुन्।

नेपाल चिकित्सक संघले राष्ट्रपति भण्डारीमार्फत १० जनालाई वुमन इन मेडिसिन २०२२ अवार्ड र पाँच जनालाई वुमन इन मेडिसिन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको हो।

नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले संघले गत वर्षदेखि महिला डाक्टरहरुलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन सुरु गरेको जनाए।

यी हुन् यो वर्ष अवार्ड पाउनेहरु
वुमन इन मेडिसिन अवार्ड
१. प्राडा आश्मा राणा (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट)
२. प्राडा रोश्ना अमात्य (एनेस्थेसिया)
३. डा स्वराज राजभण्डारी (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट)
४. डा तीर्था राणा (पब्लिक हेल्थ फिजिसियन)
५. डा बसुधा खनाल (माइक्रोबायोलोजी)
६. डा कमला बुढाथोकी (डर्माटोलोजी)
७. डा लक्ष्मीनानी श्रेष्ठ (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट)
८. डा मिरा मल्ल (डेन्टल)
९. डा उषा शाह (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट)
१०. डा मिथिला शर्मा (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट)

वुमन इन मेडिसिन लाइफ टाइम अचिभमेन्ट अवार्ड
१. डा नारायणी श्रेष्ठ (अप्थाल्मोलोजी)
२. डा बिमला ओझा (डर्माटोलोजी)
३. डा गीता बस्नेत (रेडियोलोजी)
४. डा रेवा श्रेष्ठ (मेडिकल अफिसर)
५. डा ओमविक्रम शाह (रेडियोलोजी)



Leave a Reply

Your email address will not be published.