डा पियाले मेडिकल म्युजियमलाई दिए पहिलो पुस्ताका मेडिकल सामग्री

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपाल चिकित्सक संघले स्थापना गर्न लागेको मेडिकल म्युजियममा विभिन्न ऐतिहासिक सामग्री प्राप्त भएको छ।

डा मदनकुमार पियाले बुधबार इलेक्ट्रोकार्डियोग्राम, पकेट स्पाइरोमिटर, नेबुलाइजर, इएनटी डायग्नोस्टिक सेटलगायतका सामग्री हस्तान्तरण गरेका हुन्।

त्यसअवसरमा संघका अध्यक्ष डा लोचन कार्कीले संघको पहलमा स्थापना गर्न लागिएको म्युजियमलाई डा पियाले गरेको सहयोगको प्रशंसा गरे।



Leave a Reply

Your email address will not be published.