नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई समावेशी बनाउन माग

हेल्थपोस्ट नेपाल

काठमाडौं- स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्थाहरुले नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई समावेशी बनाउन माग गरेका छन्। परिषद् ऐन २०४७ मा भएको दफा १ (क)मा रहेको विभेदकारी व्यवस्थालाई समयानुकुल संशोधन गरी थप समावेशी, समानुपातिक र सहभागितामूलक बनाउन उनीहरुको माग छ।

स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङलाई ज्ञापनपत्र बुझाउदै उनीहरुले स्वास्थ्यसम्बन्धी अध्ययन तथा अनुसन्धानमा अनुभव प्राप्त स्वास्थ्य व्यवसायीहरुमध्येबाट नेपाल सरकारद्वारा मनोनीत गर्ने व्यवस्था गर्न माग गरेका  हुन्।

कार्यकारी समितिको गठन समबन्धी उपदफा १ (क) मा स्वास्थ्य सम्बन्धी अध्ययन तथा अनुसन्धानमा अनुभव प्राप्त आधुनिक चिकित्सा प्रणाली तथा आयुर्वेद चिकित्सा प्रणालीका चिकित्सकहरु मध्येबाट नेपाल सरकारद्वारा मनोनीत ७ जना व्यक्ति सदस्य व्यवस्था छ।

 

 



Leave a Reply

Your email address will not be published.