प्रजातन्त्रवादी चिकित्सक संघ गण्डकीमा डा सूर्यज्योति श्रेष्ठ

हेल्थपोस्ट नेपाल

काठमाडौँ-प्रजातन्त्रवादी चिकित्सक संघ गण्डकी प्रदेशमा डा सूर्यज्योति श्रेष्ठ चयन भएका छन्। आइतबार सम्पन्न संघको प्रथम अधिवेशनले डा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले संघको उपाध्यक्ष डा ईश्वर कँडेल, महासचिव डा प्रेम पंगेनी, सचिवमा आनन्द भट्टराई र कोषाध्यक्षमा डा दीपेश कार्की चयन भएका छन्।

सदस्यमा शिवशंकर शाह, रञ्जन पोखरेल, शेखर कायस्थ, रमेश आचार्य, गरिमा बराल, कृष्णा सापकोटा, शिव रेग्मी, ध्रुव पौडेल, हिमलाल भण्डारी छन् । डा निकुञ्ज योगी, नीरज थापा, पूजन शर्मा, सुमन बराल र विवेक पराजुली प्रदेश सदस्य चयन भएका छन्।

 



Leave a Reply

Your email address will not be published.