फ्रन्टलाइन अस्पताल सञ्चालनमा, १ सय शय्या थपिने

हेल्थपोस्ट नेपाल

काठमाडौँ- काठमाडौँको पुरानो बानेश्वरमा फ्रन्टलाइन अस्पताल संचालनमा आएको छ। नोबेल फाउन्डेसनबाट संचालित अस्पतालकाे बिहीबार उद्घाटन गरिएकाे हाे। सिनामंगलमा रहेको नोबेल हस्पिटललाई परिमार्जित गरी नयाँ नाम र दक्ष टिमसहित फ्रन्टलाइन अस्पताल संचालनमा आएको हो।

औपचारिक उद्घाटनअघि नै  अस्पतालले चार महिनाअवधिमा ३ सय शल्यक्रिया गरिसकेकाे जनाएकाे छ।

करिब ५०० करोड लगानीमा बनेको अस्पतालमा उच्च पूर्वाधार र दक्ष चिकित्सकमार्फत विश्वस्तरीय चिकित्सा सेवा उपलब्ध गराउने अस्पतालले जनाएको छ।

अस्पतालका क्लिनिकल अध्यक्ष डा चक्रराज पाण्डेले इन्डोस्कोपीबाट कानको शल्यक्रिया, घुँडाको शल्यक्रिया, पाठेघर निकाल्ने, ट्युमर निकाल्ने लगायत ३ सय शल्यक्रिया भईसकेको बताए।

सर्जिकल, मेडिकल र छिटो सर्ने रोगहरुको आईसियु गरेर ३१ वटा आईसियूसहित १०० शय्यामा संचालित अस्पतालले थप १०० शय्याको लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ।

अस्पतालका कार्यकारी अध्यक्ष नवराज पाण्डेले अस्पतालले राम्रो र प्रभावकारी सेवा कसरी दिने भन्नेमा आफूहरु लागिपर्ने बताए। जनरल सर्जरी, अर्थोपेडिक, गाईनो, ग्यास्ट्रो, पल्मोनोलोजी, कार्डियोलोजी जस्ता २८ फरकफरक विभाग संचालन गर्ने अस्पतालको योजना रहेको उनले बताए।



Leave a Reply

Your email address will not be published.