काेराेना : एकै दिन ३ जनाकाे मृत्यु, ४४४ संक्रमित

हेल्थपोस्ट नेपाल

नेपालमा बिहीबार ४४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार नौ सय ५४ परीक्षणमध्ये चार सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको उल्लेख छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार एक सय ९९ पुगेको छ । बिहीबार कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई तीन सय सात जना घर फर्किएका छन् । बिहीबार नै कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ९८ जनाको सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् ।

सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा, मुगु र जाजरकोट रहेका छन् । होम आइसोलेशनमा चार हजार २६, संस्थागत आइसोलेशनमा एक सय ७३, सघन उपचार कक्षमा ५० र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा पाँच हजार पाँच सय ९७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।



Leave a Reply

Your email address will not be published.