हवाई उद्धारसँगै गर्भवतीको ज्यान बँच्यो, शिशुको मृत्यु

हेल्थपोस्ट नेपाल

बैतडीको सिगासबाट साेमबार हेलिकप्टरमार्फत् उद्धार गरिएकी गर्भवतीको ज्यान बँचेको छ। सिगास गाउँपालिका–६, थलाकी २० वर्षीया बिन्दु धामीको उद्धारपछि ज्यान जोगिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल पुर्‍याएकी बिन्दुको ज्यान जोगिएको उनका श्रीमान् दीपेन्द्र धामीले जानकारी दिए।  बिन्दुको ज्यान जोगिए पनि शिशुको भने मृत्यु भएको छ ।

शल्यक्रिया गरेपछि बिन्दुको ज्यान बचेको र लामो व्यथाका कारण शिशुको गर्भमै मृत्यु भएको शल्यक्रियामा सहभागी चिकित्सकलाई उद्धत गर्दै दीपेन्द्रले बताए। लामो व्यथाले शिशुको गर्भमै मृत्यु भएको भन्ने चिकित्सक बताएका छन् ।

आइबारदेखि सुत्केरी व्यथा लागेकी बिन्दुको मात्रै हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको थियो । समयमा खबर नगरिएकाले शिशुको मृत्यु भएकाप्रति बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुःख व्यक्त गरे।  आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामी सुत्केरी हुन नसकेपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि सोमबार उद्धार गरिएको हो ।

आइतबारदेखि सुत्केरी व्यथा लागेकी बिन्दुको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि जिल्ला अस्पताल लैजान सडक सुविधा नभएको र सडकसम्म पुर्‍याउन ४ घण्टा बोकेर लैजानुपर्ने सो समयसम्म अत्यधिक रक्तश्राप हुने खतरा रहेकाले सुविधा सम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन सिगास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।



Leave a Reply

Your email address will not be published.