१२ वर्षमुनिका बालबालिकाका लागि दाेस्राे चरणकाे फाइजर खोप कार्यक्रम सुरु, कु्न-कुन जिल्लामा सञ्चालन हुँदैछ?

हेल्थपोस्ट नेपाल

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि ५ वर्ष पूरा भइ १२ वर्षमुनिका बालबालिकालाई कोभिड—१९ विरुद्धको फाइजर खोप दिँदैछ।

मन्त्रालयले दोस्रो चरणअन्तर्गत फाइजर खोप कार्यक्रम ५० जिल्लामा ११ भदौसम्म पहिलो मात्रा दिन लागेको हो।

मन्त्रालयकाअनुसार प्रदेस १ का १०, मधेस प्रदेसका ३, बागमती प्रदेसका ६, गण्डकी प्रदेसका ९, लुम्बिनी प्रदेसका ७, कर्णाली प्रदेसका ९ र सुदूरपश्चिम प्रदेसका ६ वटा जिल्लामा फाइजर खोप दिइदैंछ ।

भदौ २७ देखि असोज १ सम्म फाइजरको दोस्रो मात्रा दिने मन्त्रलयले जनाएको छ ।



Leave a Reply

Your email address will not be published.