कांग्रेस नेता प्रदीप गिरिको निधन

हेल्थपोस्ट नेपाल

काठमाडौंं–नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको शनिबार राति निधन भएको हो।

भारतमा क्यान्सरको उपचार गराएर आएपछि पुनः स्वास्थ्यमा समस्या देखा परेकाले उनी अस्पताल भर्ना भएका थिए। उनमा पछिल्लोपटक गम्भीर निमोनिया पनि देखा परेको थियो। उनी पार्टीभित्र बौद्धिक छवि भएका नेताका रुपमा चिनिन्थे। उनी समाजवादी चिन्तक र गान्धीवादी नेताका रुपमा सम्मानित थिए।

२०१७ सालदेखि राजनीति सुरु गरेका गिरि २०५१ र २०७४ मा सिरहाबाट सांसद निर्वाचित भएका थिए।



Leave a Reply

Your email address will not be published.