नेपाल चिकित्सक संघकाे दोस्रो राष्ट्रिय सम्मेलन असाेजमा, सहभागिताका लागि आवेदन खुला

हेल्थपोस्ट नेपाल

काठमाडौं-नेपाल चिकित्सक संघले आगामी असाेजमा दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) गर्ने भएको छ।

संघले आगामी असोज २ र ३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न लागेकाे हो। संघले महामारीपछिको उपलब्धि, चुनौती र अवसर विषयमा केन्द्रित रहेर सम्मेलन गर्न लागेको हो।

सम्मेलनमा विभिन्न सात वटा विषयमा छलफल हुने छ। यो पटक सूर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर महामारीले चिकित्सा शिक्षामा पारेको असर र अवसर, संघको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धि महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरु खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण, नेपालमा मेडिकल टुरिजमु र चिकित्सा क्षेत्रका जनशक्तिलाई स्वदेशमै अवसर र प्रेरणा विषयमा छलफल हुने छ।

संघले गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालेकाे हाे।

अध्यक्ष डा लाेचन कार्कीले सम्मेलनमा विज्ञहरुसँग अन्तरक्रिया गरी निस्कने निचोडलाई कार्यपत्र बनई सरकारलाई सुझावको रुपमा पेस गरिने बताए। संघले पूर्व अध्यक्ष अञ्जनीकुमार झाको अध्यक्षतामा आयोजक समिति गठन गरिसकेकाे छ।

यसैबीच संघले सम्मेलनमा सहभागी हुनका लागि आवेदन समेत खुला गरेको छ। संघले अनलाइन र संघको कार्यालयबाट आवेदन दिन सक्ने गरी आवेदन खुला गरेको हो। सम्मेलनमा सहभागी हुनका लागि ५००, १००० र १५०० शुल्क तोकिएको छ।

 



Leave a Reply

Your email address will not be published.