राक्सिराङको अस्पताललाई कोइकाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

हेल्थपोस्ट नेपाल

हेटौंडा-काेरियाली सहयाेग नियाेग कोइकाले मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

काेइकाले बिहीबार अस्पताललाई विभिन्न प्रकारको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । कोइकाले १६ लाख पाँच हजार ७ सय ५० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको अध्यक्ष विनोद विडारीले जानकारी दिएका छन् ।

अस्पताललाई प्रोटोकल अल्ट्रासाउण्ड, डेलिभरी किट, बेबी वार्मर, डेलिभरी बेड, युएसजी मेसिनलगायतको सामाग्री हस्तान्तरण गरिएको थियो।



Leave a Reply

Your email address will not be published.