प्रधानमन्त्री देउवाले गरे प्रदीप गिरिको स्वास्थ्यलाभको कामना

हेल्थपोस्ट नेपाल

काठमाडाैं-प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्यलाभको कामना गरेका छन्।

देउवाले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेता गिरिको स्वास्थ्यलाभको कामना गरेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा सदस्य गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना पहिले नेपाल आएका थिए।

नेपाल आउनासाथ निमोनिया देखिएकाले नेपाल मेडिसिटी अस्पतालमा यही साउन ९ गते भर्ना भई उनको उपचार भइरहेको छ। अस्पतालका डा पङ्कज बर्मनको नेतृत्वमा रहेको चिकित्सकको समूहले गिरिको उपचार गरिरहेको छ । चिकित्सक एवं परिवारका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जनाइएको छ।



Leave a Reply

Your email address will not be published.