स्वास्थ्य सेवाका कर्मचारीकाे नयाँ तलब कति?

हेल्थपोस्ट नेपाल

काठमाडौं- सरकारले सरकारी सेवाका कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेअनुसार स्वास्थ्य सेवाका कर्मचारीकाे तलब पनि सार्वजनिक भएकाे छ। अर्थमन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान सार्वजनिक गरेको हो।

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुने उल्लेख थियो। जसअनुसार अर्थले कर्मचारीको तह र ग्रेड अनुसार नयाँ तलबमान सार्वजनिक गरेको छ।

सार्वजनिक नयाँ तलब अनुसार स्वास्थ्य सेवातर्फ अधिकृत १२औं तहका कर्मचारीको सुरु तलब ७२ हजार ८२ रुपैयाँ कायम गरिएको छ। १२ औं तहका कर्मचारीको ग्रेड संख्या र ग्रेड दरसहित कुल तलब ७६ हजार ८८८ रुपैयाँ तोकिएको छ।

यस्तै अधिकृत एघारौँ तहको ६६ हजार ५३८ रुपैयाँ, दशौँ तहको ६४ हजार ३५९ रुपैयाँ, नवौँ तहको ५९ हजार ४०५ रुपैयाँ कायम गरिएको छ। सहायक प्रथमको मासिक तलब ३२ हजार ९३२ रुपैयाँ रहेको छ।



Leave a Reply

Your email address will not be published.