नर्सिङ काउन्सिलको निमित्त रजिस्ट्रारमा सकुन्तला प्रजापति

हेल्थपोस्ट नेपाल

काठमाडौं-नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति नियुक्त भएकी छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले आइतबार मन्त्रीस्तरीय निर्णयमार्फत् उनलाई निमित्त रजिस्ट्रारकाे जिम्मेवारी दिएका हुन्।

यसअघिकी रजिस्ट्रार ब्रिन्दा घिमिरेको ४ वर्षे पदावधि यही साउन २० गते सकिएको थियो।

घिमिरेको ४ वर्षे पदावधि सकिएपछि प्रमाणपत्र, नवीकरण, प्रतिलिपि, प्रमाणीकरणलगायतका सेवा परिषद्ले साउन २२ गतेदेखि रोकेको थियो।



Leave a Reply

Your email address will not be published.