२६३ काेराेना संक्रमित थपिए, सक्रिय संक्रमितकाे संख्या ५४३४

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा २६३ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार ३९९ पीसीआर र १ हजार ७६६ जनाको एन्टीजेन परीक्षणका क्रममा २६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ५०१ जना संक्रमित निको भएका छन्। योसँगै देशभर निको हुनेको संख्या ९ लाख ७५ हजार ३०७ पुगेको छ। उक्त अवधिमा दुई जनाको मृत्यु भएको छ।  देशभर हाल ५ हजार ४३४ जना सक्रिय संक्रमित छन्।



Leave a Reply

Your email address will not be published.