चिकित्सक संघले थाल्याे निर्वाचन तयारी, रानामगर प्रमुख निर्वाचन अधिकृत ताेकिए

हेल्थपोस्ट नेपाल

काठमाडौं- नेपाल चिकित्सक संघले निर्वाचन तयारी थालेकाे छ। संघको आगामी माघमा हुने निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृत तोकिएकाे छ।

संघको काउन्सिलको शनिबार बसेको बैठकले डा धनबहादुर रानामगरलाई प्रमुख निर्वाचन अधिकृत तोकेको हो। निर्वाचनको मिति पनि प्रमुख निर्वाचन अधिकृतले पछि सार्वजनिक गर्ने बताइएको छ।

निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतले अरु दुई जना सदस्य सिफारिस गर्ने छन्। निर्वाचनपछि फागुनको तेस्रो साता विराटनगरमा एनएमए सम्मेलन हुँदैछ। यस्तो सम्मेलन हरेक तीन वर्षमा हुने गर्दछ।

 



Leave a Reply

Your email address will not be published.