बागमती प्रदेश सरकारले माग्यो ठूलो संख्यामा चिकित्सक, प्राविधिक तथा प्रशासनिक जनशक्ति (विज्ञापनसहित)

हेल्थपोस्ट नेपाल

काठमाडौं–बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले मातहतका निकायमा स्वीकृत अस्थायी दरबन्दीका लागि ठूलो संख्यामा चिकित्सक, प्राविधिक तथा प्रशासनिक जनशक्ति माग गरेको छ।

मन्त्रालयले कन्सल्टेन्ट न्युरोलोजिस्ट, कन्सल्टेन्ट कार्डियोलोजिस्ट, चेस्ट फिजिसियन, रेडियोलोजिजस्ट, फिजिसियन, पेडियाट्रिसियन, रेडियोलोजिस्ट, अब्स गाइन, इएनटी सर्जन, डर्माटोलोजिस्ट, प्याथोलोजिस्टलगायतका लागि आवेदन आव्हान गरेको छ।

यस्तै, ५० जना मेडिकल अधिकृत, २५ जना जनस्वास्थ्य अधिकृत, १० जना कन्सल्टेन्ट अर्थोपेडिक सर्जन तथा १२५ जना स्टाफ नर्स माग गरेको छ। यसबाहेक सिभिल इन्जिनियर, बायोमेडिकल इन्जिनियर, इलेक्ट्रिक टेक्निसियन, ल्याब टेक्निसियन, मेडिकल रेकर्ड सुपरभाइजर, एम्बुलेन्स चालक, स्वीपर, सुरक्षा कार्ड, सहायक कम्प्युटर अपरेटरलगायत पदमा आवेदन मागेको छ।

२०८० असार मसान्तसम्मका लागि करार सेवामा भर्ना गर्नुपर्ने भन्दै शुक्रबार प्रथम प्रकाशित विज्ञापनको अन्तिम म्याद ७ दिन कायम गरिएको छ।



Leave a Reply

Your email address will not be published.