भारतीय हाँस्यकलाकार राजु श्रीवास्तवको अवस्था गम्भीर, भेन्टिलेटर सपोर्टमा राखियो

हेल्थपोस्ट नेपाल

काठमाडौं–कार्डियाक एरेस्टका कारण अस्पताल भर्ना भएका भारतीय हाँस्य कलाकार राजु श्रीवास्तवको स्थिति गम्भीर भएको छ।

दिल्लीको एम्स अस्पतालमा भर्ना भएका श्रीवास्तव हाल भेन्टिलेटर सपोर्टमा रहेको बताइएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले श्रीवास्तवकी पत्नीलाई फोन गर्दै संकटपूर्ण घडीमा सकेको सहयोग गर्ने आश्वासन दिएका छन्।

श्रीवास्तव चिकित्सकको निगरानीमा छन्। अवस्था गम्भीर भएपछि उनलाई पहिले इमर्जेन्सीमा राखिएको थियो भने पछि सीसीयूमा सारिएको छ। एन्जियोग्राफी गर्दा उनको मुटुको ठूलो भाग शतप्रतिशत अवरुद्ध भएको पाइएको छ।

केही दिनअघि जिममा शारीरिक अभ्यास गरिरहँदा मुटु दुखेर बेहोस भएपछि उनलाई अस्पताल लगिएको थियो।



Leave a Reply

Your email address will not be published.