स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनका लागि संसद्मा रुलिङको माग

हेल्थपोस्ट नेपाल

काठमाडौं–एमाले सांसद एवं पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रमलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन रुलिङका लागि सभामुखसमक्ष माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद अधिकारीले स्वास्थ्य बिमालाई जनपक्षीय रुपमा सञ्चालनका लागि रुलिङ गर्न सभामुख अग्निप्रसाद सापकोटासमक्ष माग गरेका हुन्।

उनले स्वास्थ्य बिमा समाजवादउन्मुख एकमात्र कार्यक्रम रहेको उल्लेख गर्दै सरकारले यसलाई ‘कोल्याप्स’ गर्न खोजेको पनि आरोप लगाए। उनले सरकारले स्वास्थ्य बिमामा समावेश भएका अपांगता, ज्येष्ठ नागरिक, एचआइभी संक्रमितलाई अलपत्र पार्न लागेको टिप्पणी गरे।

अधिकारीले सरकारी तथा निजी स्वास्थ्य संस्थासमेतलाई बिमा ऐनअन्तर्गत सुविधा दिनेगरी समेट्न पनि माग गरे।

सांसद अधिकारीले स्वास्थ्य बिमा कार्यक्रअन्तर्गत विमितबाट हालसम्म ११ अर्ब रुपैयाँ संकलन भएको उल्लेख गर्दै यसलाई अहिले अत्यन्त अप्ठेरो अवस्थामा पु¥याइएको र प्रमुख अस्पतालहरु शिक्षण, वीर, गंगालाल, धुलिखेललगायतका सबै अस्पताल यो कार्यक्रम बन्द गर्न बाध्य भएको बताए।

‘स्वास्थ्य विमा क्षेत्रमा खतरनाक अवस्था आउँदैछ, यो कोल्याप्स हुँदैछ,’ उनले भने।



Leave a Reply

Your email address will not be published.