धुलिखेल अस्पतालद्वारा दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरमार्फत् टेलिमेडिसेन सेवा सुरु

हेल्थपोस्ट नेपाल

काठमाडौं–काभ्रेकाे धुलिखेल अस्पतालले दुर्गम क्षेत्रका बिरामीलाई लक्षित गरी टेलिमेडिसिन प्रविधिबाट सेवा सुरु गरेको छ। अस्पतालले युरोपियन प्रविधियुक्त टेलिमेडिसेन सेवा मंगलबारबाट काभ्रेको तेमाल गाउँपालिका–४ स्थिति बोल्दे फेदिचे स्वास्थ्य केन्द्रबाट सुरु गरेको हो।

धुलिखेल अस्पतालका छाला र आँखा रोग विभागका विशेषज्ञ डाक्टरहरूले टेलिमेडिसिनमार्फत् बिरामीहरुको स्वास्थ्य परीक्षण, परामर्शलगायतका सेवा दिइएका थिए। डाक्टरहरू अंगिरा कर्माचार्य, मनिषा सिंह वशुकला, अतिथि मिश्र, पुजा श्रेष्ठ, टिना श्रेष्ठ र स्वास्थ सहायक पुरन राउत लगायतले बिरामीहरुलाई सेवा उपलब्ध गराएका हुन्।

यसबाट करिब ४० जना बिरामी लाभान्वित भएका थिए। यस्तो उच्च प्रविधिको टेलिमेडिसिन विधि उपयोग गरेर दुर्गम गाउँका विमारीहरूले विशेषज्ञ डाक्टरबाट प्रत्यक्ष सेवा पाएको सम्भवतः नेपालमा पहिलो हो।

दुर्गम भेगका नागरिकले अत्याधुनिक प्रविधिमार्फत् न्यून शुल्कमा स्वास्थ्य सेवा पाउनु ज्यादै खुसीको विषय भएको स्थानीय तिलक लामाले बताए। उनले अस्पतालले यस्तो सेवालाई अन्य विकट क्षेत्रमा पनि विस्तार गर्नु पर्नेमा जोड दिए।

धुलिखेल अस्पतालको आउटरिच स्वास्थ्य संस्थाको रुपमा रहेको बोल्दे स्वास्थ्य केन्द्रले बिरामीबाट ४० रुपैयाँ मात्र सेवा शुल्क लिने गरेको छ।



Leave a Reply

Your email address will not be published.